Online News Khabar

खाँडाचक्रमा ६ सय आठ जनाको क्षयरोगको परिक्षण, ६ जनामा क्षयरोग फेला

875
SHARES
1k
VIEWS

कालिकोट-तिन दिन संचालन भएको शिबिरमा खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षरोगका संकास्पद बिरामी फेला परेका छन् ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा खाडाचक्र नगरपालिकामा संचालन गरिएको तिनदिने निशुल्क क्षयरोग परिक्षण शिबिरमा ६ सय आठ जनामा गरिएको क्षयरोग परिक्षणमा एकसय ८६ जना क्षरोगका संकास्पद बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ती पदम केसीले जानकारी दिए ।
संकास्पद उनिहरुको थप खकार परिक्षणको लागी जिल्ला अस्पतालको जेनस्र्पोट मेशिनमा परिक्षणको लागी पठाएको बताए ।
सन २०३५ सम्म नेपालमा क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य भएतापनी अहिलेसम्म क्षयरोगका बिरामी परिक्षण गर्न नसकेको उनले बताए । वार्षिक रुपमा तिनसय क्षयरोगका बिरामीको परिक्षण हुनु पर्ने हो तर, कालिकोटमा वार्षिक एकसय बिरामीको परिक्षण हुने गरेको रहेछ ।यस्तो परिक्षणले सरकारको लक्ष्य अनुसार अनुसार क्षयरोग निवारण गर्न नसकिने उनको भनाई छ ।
केसीका अनुसार चारहजार जनसंख्या भएको पालिकामा ६ सय आठ जनाको परिक्षण गर्दा एकसय ८६ क्षयरोगी भेटिए भने वाँकी ३४ सय जनाको परिक्षण गर्दा कति भेटिन्छन होला ? गाउँमा तमाखु बढी सेवन गर्नाले पनी क्षयरोगका संकास्पद बिरामी बढी भेटिएको उनले बताए ।
क्षयरोग निवारण गर्न नेपालका सरकारका तिनै वटा निकायहरु केन्द्र, प्रदेश र स्थानिय सरकारले परिक्षण बढाउनु पर्ने उनको भनाई छ ।
शिबिरमा संकास्पद भेटिएका एकसय ८६ जनाको जिल्ला अस्पतालमा जेनस्पोर्ट मेशिनबाट थप परिक्षण गर्दा ६ जनामा क्षयरोग देखिएको नगरपालिकाका स्वास्थ्य तथा सरसफाई आधारभुत शाखाका क्षयरोग संयोजक पुष्पराज पाण्डेले बताए । अझै एकसय जनाको परिक्षण हुन वाँकी छ । जिल्ला अस्पतालमा परिक्षण हुदै छ । फेला परेका बिरामीको आजैदेख औषधी चलाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित