कालिकोट – कुनै पनि संघ संस्था तथा सार्वजनिक निकायले घटिघटाउमा काेटेशन गर्छ । काेटेशन खाेल्नकाे कारण कम दररेटमा माल समान खरिद गर्न हाे ।
तर, कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाले खाेलेकाे एक काेटेशनमा कमदररेटमा हालेकाे फमलाई नपारेर बढि दररेटमा हालेकाे फमलाई स्विकृत गरेकाे भेटिएको छ ।
बिज्ञापन मिती २०८१ ०९ १४ गतकाे गाउँपालिकाले सेनेटरी प्याड खरिदकाे लागि खाेलेकाे काेटेसनमा चारवटा फर्म परेका थिए ।
बिज्ञापनमा न्युनतम दशलाख रकममा खरिद हुनुपर्ने भनिएकाे छ ।चारवटा फर्ममा सवैभन्दा कमरेट ९ लाख ३३ हजार चारसय १९ रूपैयाँ मा रहेकाे बि.एन ईन्टरप्राईजेज, दाेस्राेमा रहेकाे जस्मिन हेग्नि पाे्रडक्स दस लाख २५ हजार एकसय ३९ रूपैयाँ रकम रहेकाे फर्म नपरेर सवैभन्दा बढि तेस्राे स्थानमा रहेकाे फर्म भुषाल टे्डस एण्ड सप्लार्यस लाई काेटेशन पारेकाे भेटिएकाे छ ।
यश बिषयमा वुझ्न खाेज्दा गाउँपालिका नि. प्रमुख प्रसासकिय अधिकृत प्रेम वडुवालले घटेकाेलाई पारेकाे देख्नु भएन ? भन्दै उल्टै जमर्किएका छन ।
उनले यति भन्दै फाेन काटेका छन ।
यश बिषयमा थप वुझ्न गाउँपालिका सव ईन्जिनियर रमेश सुवेदीले जम्मा फर्म ४ वटा परेका थिए ।
चार वटामा सवैभन्दा कमदररेट वाला फर्म छनाैट हुनु पर्ने हाे तर, साे फर्मकाे आवश्यक डकुमेन्ट नभएकाले परेन ।
दाेस्राे घटेकाे फर्मकाे पनि आवश्यक डकुमेन्ट नभएकाले तेस्राे स्थानकाे भुषाल ट्रेडस छनाैटमा परेकाे सुवेदिले जवाफ दिए ।
डकुमेन्ट नपुगे पु:न काेटेसन आह्वान गर्नु पर्ने खरिद निमावली सम्बन्धि ऐन नियम भएतापनी गाउँपालिकाले बढेकाे फर्मलाई छनाैट गर्दा बिवाद उत्पन्न भएकाे हाे ।
नियम बिपरित काम हुदा कार्यलय प्रमुख र छनाैट फर्मकाे बिच आर्थिक अनियमितता हुन सक्ने एक स्थानिय बासिले आराेप लगाए ।
परेका काेटेसनहरू
Discussion about this post