कालिकोट – यही आउने मंसिर ११ गतेदेखि १७ गतेसम्म कालिकोट महाेत्सव २०८१ हुने भएकाे छ । उद्योग वाणिज्य संघ कालिकोटले आईतवार जिल्ला सदरमुकाम मान्ममा एक कार्यक्रमका बिच ब्यानर सार्वजनिक गरेकाे छ । संघका अध्यक्ष रतनबहादुर शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गबहादुर रावतकाे प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य हिक्मत बिष्ट प्व मन्त्री कुर्मराज शाहीकाे बिशेष आतिथ्यता र विभिन्न राजनिती दलहरूकाे सहभागीतामा ब्यनर सार्वजनिक गरिएको हाे । महाेत्सव सिरफ रंग र रमाईलाेकाे लागि मात्र नभएर यहाकाे मुख्य विकास र सम्वृद्विकाे आधार जडिबुटी , पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार लाेप हुदै गएका रितिरिवास चालचलन र नयाँ पन दिनका लागि महाेत्सव संचालन गर्न लागिएको उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताएका थिए । कालिकोटमा उत्पादन हुने तर, प्रचारप्रसारमा नअाउने उद्योगनै नचलेर बन्द भएका उद्योग हरूकाे निरन्तरताकाे लागि पनि महाेत्सव आयाेजना गरिएकाे छ । सरकारी अनुदानका भरमा संचालन गरिएका पनि उद्योग छन तर, तिनिहरूकाे पनि अवस्था बारे केछ भन्ने बारे महाेत्सवले पहिचान गर्ने छ ।साथै महाेत्सवमा भलिबल प्रतियोगिता समेत हुने अध्यक्ष शाहीले जानकारी दिए । भलिबल खेलका लागि पहिलाे पुरस्कार ७५ हजार र शान्तवनालाई पनि पुरस्कार रहेकाे जानकारी दिएका थिए । ब्यानर उद्घाटनमा प्रदेश सभा सदस्य दुर्गबहादुर रावतले महाेत्सव रमाईलाे र रंगका लागि मात्र हैन यसले केही न केही याे कालिकोटको पहिचान बनाउन सफल हुनु पर्ने बताए । महाेत्सवमा कालिकोटको मुख्य उद्पादन लाई चिनाउन, थुप्रै प्रयटकिय क्षेत्रलाई देश बिदेश सामु चिनाउन महत्त्वपूर्ण हुनेमा बिश्वास व्यक्त गरे । यस्तै प्रदेश सभा सदस्य हिक्मत बिष्टले महाेत्सव संचालन गर्न चुनाै पनि छ । तर, चुनाैतिकाे सामान गर्न आयाेजक वाणिज्य संघ मात्र हैन हामी सवैकाे दायित्व हुने बताए । पुर्व मन्त्री तथा एमाले नेता कुर्मराज शाहीले महाेत्सवले रितिरिवाज, प्रयटकिय क्षेत्र संगै जडिबुटी , बिश्वमै लाेपाेन्मुख रेडपाण्डा लगायतकाे प्रचारप्रसार हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्दका केन्द्रीय सदस्य गंगा खड्का, नेकपा एमालेका नेता ऐनबहादुर शाही एकीकृत समाजवादीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, नेपाली कांग्रेसका युवा नेता सवसन विष्ट, राप्रपाका उपाध्यक्ष माधव उपाध्याय लगायतले पार्टीको तर्फबाट प्रतिवद्वताका साथ शुभकामना दिएका थिए । कार्यक्रममा पत्रकार बिश्वनाथ सिम्खाडा, बिनाेद खड्का लगायतकाे सहभागीता थियाे
Discussion about this post