कालिकोट – जिल्ला अदालत कालिकोटका न्यायधिश आनन्दराज पन्तले न्याय निरुपणमा कुनै हालतमा पनी ढिलाई हुन नदिने बताउनु भएको छ । सिराह जिल्ला देखी सरुवा भएर कालिकोट जिल्ला अदालत पुगेका पन्तलाई जिल्ला बार एशोसिएशन नेपालले स्वागत गर्ने क्र्ममा न्यायधिश पन्तले यस्तो बताएका हुन् ।
न्यायधिश एउटा कानुनमा बाँधिएको हुन्छ तर,पनी कानुन, तथ्य र प्रमाणका आधारमा न्याय निरुपण गर्नु पर्ने हुन्छ । कहिले काँही व्यवाहरिकता का आधारमा पनी न्याय निरुपण गर्नु पर्ने हुन्छ । कालिकोट भौगोलिक हिसाबले कष्टपुर्ण भएकाले मुद्धा फैसलामा ढिलाई हुन नदिन कोशिस गर्ने छौ ।
साथै उहाँले न्याय निरुपणमा ढिलाई अदालतको मात्रै हैन अन्य कारणहरुले पनी ढिलाई हुने गर्दछ । न्याय निरुपणमा केही ढिलाई हुँदा सार्वजनिक रुपमै अदालत र अदालति प्रक्रियाबारे मात्रै आलोचना हुने गरेको बताउँदै न्याय निरुपणमा अन्य कारणले पनि ढिलाई हुने गरेको बताउनुभयो ।
“मुद्धा चलेपछि साक्षी प्रमाण खोज्ने, बयान लिने, म्याद तामेल गर्ने जस्ता प्रक्रिया हुन्छन, यी कुरामा मुद्धा लड्ने वा उनीहरुका साक्षीहरुले गर्ने ढिलाईले पनि मुद्धा हेर्दा ढिलाई हुन्छ”–उहाँले भन्नुभयो ।
कार्यक्रममा अध्यक्ष अमलराज शाहीले बार र बेन्चको सम्बन्ध नङ र मासुजस्तै हुने हुनाले न्याय निरुपणमा साचिकै पिडितले न्याय पाउनेमा विश्वास व्यक्त गर्नु भयो । कतिपय बहसहरुमा न्याधिश समयमै नहुदा मुद्धाहरु अलपत्र र लम्बिने गरेका छन । यसले गर्दा सम्रग जनतालाई समस्या हुने गरेको छ । जतिसक्दो न्याय निरुपण छिटो हुनु पर्ने बताए ।
स्वागत गर्दै अधिवक्ता राजु बोगटीले न्यायको अनुभुती दिलाउने गरी काम गर्नु हुने विश्वास लिएको बताएका थिए । कालिकोटमा धरौटीका बिषयमा केही सोच्नुपर्ने बताएका थिए । सवैको आर्थिक अवस्था बलिायो छैन मुद्धाको प्रकृती र कमजोर आर्थिकम अवस्था भएकाहरुका लागी केही पुर्नबिचार गरिनु पर्ने बताए ।
जिल्ला बार एशोसियशन नेपाल कालिकोटका अध्यक्ष अमलराज शाहीको सभा अध्यक्षतामा गरिएको स्वागत कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख, अधिवक्ता र अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post