Online News Khabar

हुरेन्डेक नेपालले मनायो २८ औँ वार्षिक उत्सव

870
SHARES
1k
VIEWS

कालिकोट- मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक )नेपालले आफु २८ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाएको छ ।
संस्थाका अध्यक्ष जजराज शाहीको सभा अध्यक्षतामा सदरमुकाम मान्ममा उद्घाटन गरिएको उत्सवमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता, पचालझरना गाउँपालिका पुर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रयका नेता खड्गराज सेजुवाल, नेकपा एमालेका जिल्ला सदस्य युवा नेता बिश्वनाथ सिम्खाडा, नेपाली कांग्रेसका नेता नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष खड्गराज शाही जिल्ला समन्वय समितीका सदस्य अजय बम, प्रहरी प्रमुख डिएसपी अर्जुन केसी,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा मानवअधिकार कर्मी कालीबहादुर मल्ल, उद्योघ वाणिज्य संघ लगायत, राजनितीक दल तथा सरोकारवालाहरुको उपस्थितीमा वार्षिक उत्सव मनाइएएको हो ।
उत्सवमा २०५३ सालमा स्थापना भएर कालिकोट लगायत अन्य जिल्लामा बिभिन्न किसिमका भौतिक तथा जिविको पार्जन लगायतका क्षेत्रमा काम गरेको विवरण सहित जानकारी गराएको थियो ।
२७ वर्षदेखी कालिकोट लगायत अन्य जिल्लामा रहेर वातावरणीय क्षेत्र, भौतिक निर्माण, कुसस्कार र कुरीत, लोप उन्मुख जनावर रेढपाण्डा संरक्षण, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा गरेका कामहरु बाट लाखौैको संख्यामा कार्यक्रमबाट लाभाम्वीत र हजारौको संख्यामा रोजगार समेत पाएको जानकारी गराइएको थियो

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सरकार संगै हुरेन्डेक नेपालले कालिकोटमा धेरै बिकास गरेको रहेछ हामिलाई थाहा थिएन । २७ वर्ष देखी सरकार संग सहकार्य गरी विकास निर्माणमा महत्वपुर्ण काम गरेको देख्न पाइयो भनेर धन्यवाद समेत दिए । फेरी पनी बिकास निर्माणमा नथाकेर निरन्तर अगाडी बढ्न शुभकामना दिए ।

वार्षिक उत्सवमा बालबिवाह र छिटो विवाहका विषयमा संवाद समेत गरिएको थियो । संवादमा बालबिवाह अघिल्लो समयहरु भन्दा पछिल्लो समय बाल बिवाह गर्नु कानुनी अपराध हो भन्ने जनमानसमा पाइएपनी बाल बिवाह जती लगानी गरियो उती नघटेको बतायएको थियो ।
साथै वार्षिक उत्सवमा आफ्नो कार्यकुशलता अब्बल रहेको भन्दै हुरेन्डेक नेपालमा कार्यरत कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको संचालन हुरेन्डेक नेपालका उपाध्यक्ष बिरेन्द्रबहादुर बुढाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित