Online News Khabar

सर्पले टोकेका बिरामीको हेलिकप्टर मार्फत उद्धार

976
SHARES
1.1k
VIEWS

कालिकोट – शुभकालिका गाउँपालिका वडा नं ६ निवासी २४ वर्षिय धनप्रसाद आचार्यलाई शुक्रबार दिउसो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले उनको खुट्टामा टोक्यो ।
सर्पले टोके लगतै उनको खुट्टा सुनायो । सर्पले टोक्दा सामान्यतया हाम्रो समाजमा झारफुकनै गरिन्छ । धनप्रसादले पनी नजिकैको वैजी कहाँ गएर झारफुक गरे । त्यहाँ पनी भएन केही समयपछी उनी नजिकैको निजी मेडिकलमा गए त्यहाँ समान्य प्रथामिक उपचार भयो । उपचार सम्भव नहुने भएपछी मेडिकलले जिल्ला अस्पताल पठायो । उनी शनिवार बिहान जिल्ला अस्पताल पुगे । तर अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) थिएन ।

एन्टी भेनम नभएपछि स्वास्थ्यकर्मीले विष बाहिर फ्याँक्न भनेर घाउबाट रक्तश्राव हुन दिए । तर बढी रक्तश्राव हुँदा उनको ज्यान नै खतरामा पर्न थाल्यो । जिल्ला अस्पतालमा रहेका उनको खुट्टा सुन्निएको थियो । दुखाई बढिरहेको थियो ।
जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले अस्पतालले प्रशासन संग आग्रह गरेर हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाएको छ ।
हवाई उद्धारको सुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो ।
जिल्ला अस्पताल जस्तो ठाउँमा एउटा सर्प दंशको उपचारसमेत हुन सकेको छैन ।
वर्षमा ३ बढिको चारसम्म सर्पले टोकेका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । जिल्लामा हामिलाई सर्पदंश उपचार सेवा दर्ता छैन। अनुमती पनी दिएको छैन ।अहिलेसम्म आएका बिरामीलाई सुर्खेत पठाउने गरेका छौँ । सबै विषालु सर्पको विष विरूद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम हामिसंग उपलब्ध छैन ।

कहिले काँही आउने गरेकाले हामिले यो सेवाको लागी जोर गरेका छैनौ । अव दर्ताका लागी पहल गर्ने महतले बताए ।

सबै विषालु सर्पको विष विरूद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम नहुँदा नहुदा अहिले सम्म प्रदेश अस्पताल रेफर गर्नु परेको छ भने कतिको ज्यान समेत गइसकेको छ ।

सम्बन्धित फोटोः
१) सर्पले टोकेर बिरामी भएका धनप्रसाद जिल्ला अस्पतालको ब्यडमा उपचारको प्रखाइमा ।
२) थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेतमा हेलिकप्टर मार्फत उद्धार गरिदै । तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित