Online News Khabar

निरन्तरको वर्षाले कालीकोटको जनजीवन अस्तव्यस्त संयौ घर वस्ती जोखिममा

962
SHARES
1.1k
VIEWS

कालीकोट – निरन्तरको वर्षाले कालीकोटको जनजीवन अस्तव्यस्त बनाएको छ । यहाँको नररिहनाथ गाउँपालिका–५ रुप्सा गाउँमा मात्र २२ घर पहिरोको जोखिममा परेका छन् ।

केही घर भत्किसकेको र केही घर भत्किने खतरा भएकाले २२ परिवारका १ सय ४२ जना विस्थापित भएर आफन्तको घरमा बसिरहेका वडा न ५ का वडाध्यक्ष मानबहादुर सहकारीले बताए ।

’पहिरोले जमिन पुरै चिरेकोले घरमा बस्न सकिने अवस्था छैन,’ उनले भने, ’७ वटा घर त पूर्णरुपले भत्किसके, अरु घर पनि चर्किएका छन् ।’ उनकाअनुसार नरहरिनाथ गाउँपालिका– ५ रुप्सा गाउँ पुरै जोखिममा परेको छ । उनले विस्थापित परिवारलाई आफन्त र विद्यालयमा बसालेको जानकारी दिए ।

वर्षाले गोठ भत्किँदा माझआग्नका जयसुर सहकारीका २ वटा भैँसी मरे भने नरहरिनाथ गाउँपालिका–७ माल्कोटका विर्केस बटालाका एक हल गोरु पनि मरेको स्थानीय पदमवहादुर विष्टले बताए । नरहरिनाथ–५ का पदमबहादुर सहकारी, दिलबहादुर सहकारी, आउसे सहकारी, गोविन्द सहकारी, भुवनसिंगे सहकारी, मन सहकारी, जयरुप सहकारी, मिम सहकारीलगायतको घर भत्किएको छ ।

त्यस्तै मनसिंगे सहकारी, रतने सहकारी, अमर सहकारी, धनवहादुर सहकारी, मनरुप सहकारी, धर्मे सहकारी, पदमवहादुर सहकारी, आउसे सहकारी, जुद्ध सहकारी, दुर्ग सहकारी, वीरवहादुर सहकारी, मीम सहकारी, जयरुप सहकारी, कृर्षना सहकारी, दिलवहादुर सहकारी, दिब्य सहकारी, जगतवहादुर सहकारीलगायतका घर उच्च जोखिममा रहेको ५ नं वडा कार्यालयले जनाएको छ ।

पहिरोले घर भत्किएपछि खाने र बस्ने ठाउँ नभएको स्थानीय मनिसा बोगटीले गुनासो पोखिन् । ’गाउँमा रुवाबासी छ,’ उनले भनिन्, ’हिडडुल गर्ने बाटो पनि छैन ।’ वर्षाले नरहरिनाथ गाउँपालिकाका विभिन्न वडाका गरी ९ वटा खानेपानी योजना, १३ वटा कुलो बगाएको गाउँपालिका उपाध्यक्ष कमल शाहाले बताए ।

उनका अनुसार मकै र धान खेतीमा ४० प्रतिशत क्षति पुगेको छ । वडा नं ३ को माडे गाउको खानेपानी र कूलो पहिरोले बगाएको स्थानीय विपीन भट्टराईले बताए । आइतबार रातिदेखिको वर्षाले नरहिरनाथ गाउँपालिकामा ५, खाँडाचक्र नगरपालिकामा ३ र सान्नी त्रिवेणी गाउँपालिकामा ४ गरी १२ वटा घर भत्किएको र नरहरिनाथ गाउँपालिकाभर ३३ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यायका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।

वर्षापछि खोला बढ्दा पलाता–७ दुर्सी खोला नजिकैको खोरमा राखिएका पलाता–७ का धनवहादुर बम, राजवहादु बम र गणेश बमका ८० मध्ये ५५ वटा बाख्रा दुर्सी खोलाले बगाएको छ । इलाका प्रहरी चौकी थिर्पूबाट गएको प्रहरी सहायक निरिक्षक लक्ष्मी प्रसाद कँडेलसहितको टोलीले बाख्रा मरेको मुचुल्का उठाएर जिल्ला प्रहरीमा जाहेरी पठाएको छ ।

पहिरोले अवरुद्ध कर्णाली करिडोर र राजमार्ग संचालनमा आए पनि स्थानीय तह जोड्ने ग्रामीण सडक पुरै अवरुद्ध छन् ।रेडक्रस लगायतको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
सम्बसिन्धत फोटो ः
नरहरीनाथ का विभिन्न ठाउँमा आएको पहिरोले घर वस्तीहरु जोखिममा


विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित