कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिकाले नगरसभाको तयारीको लागी भन्दै नगरको कामकाज चारदिनका लागी बन्द गरेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को लागी निति तथा कार्यक्रम सहित वजेट बनाउन भन्दै असार ९ गतेदेखी १२ गतेसम्मका लागी नगरबाट प्रवाह हुने सेवाहरु बन्द गरिएको सुचना टाँस गरेको हो ।
असार मसान्तको वेला उपभोक्क्ता देखी अन्य सेवा ग्रहीको कार्यालयमा घुइँचो छ ।
उता कार्यालयका कर्मचारीहरु नगरसभाको लागी भन्दै सेवा ठप्प पारेका छन ।
असार मसान्तको वेला जती सक्दो चाँडो भुक्तानी दिन छाडेर सवा प्रवाह ठप्प पार्दा सेवागा्रही मर्कामा परेका छन ।
समयमै भुक्क्तानी दिन नसक्दा गत वर्ष कालिकोटमा वजेट फ्रिज समेत गएको थियो । अहिले खाँडाचक्रले चारदिन सेवा बन्द गदा भुक्क्रानी पाउदैनौकी भनेर उपभोक्ता देखी अन्य सेवाग्राही चिन्तामा रहेका छन ।
Discussion about this post