Online News Khabar

यौनिक तथा लैङ्गकि अल्पसंख्य अधिकारका सवालमा गुन्जिदै देउडा

908
SHARES
1.1k
VIEWS

कालिकोट – यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय सम्बन्धी अधिकार तथा सवाल बारे बिद्यार्थिले बृहत रूपमा सन्देश मुलक देउडा प्रतियोगिता सम्पन्न गरिएको छ ।

रास्कोट नगरपालिका वडा नं २ मा रहेको मोतिराम मावीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय सम्बन्धी अधिकार तथा सवाल वारे बिद्यार्थिले स्थानिय देउडा मार्फत सचेतनामुलक कार्यक्रम गरेका हुन ।

प्लान नेपालकाे सहयाेग र सामाजिक जागरण तथा विकास प्रतिस्ठान ( सादा नेपालकाे आयाेजनामा रास्काेट र सान्नित्रिवेणि गाउँपालिकाकाे समन्वयमा याे कार्यक्रम संचालन गर्दै आईरहेकाे छ ।


कार्यक्रममा ८० जना बालबालिकाले सन्देशमुलक प्रस्तुति सहित उक्त प्रतियोगितामा भाग लिएका थिए |

नेपालको संविधानले हरेक नागरिकलाई सम्मानित भएर बाच्न पाउने अधिकार सुनिस्चित गरे पनि यो समुदाय लाई हेर्ने दृस्टिकोण अझै पनि भेदभावपूर्ण रहेको छ | विभिन्न सेवा सुबिधा , रोजगारी बाट बन्चित, नागरिकता प्राप्त गर्नका लागि विभिन्न जटिलता सामना गर्नु पर्ने अवस्था रहेको छ । यस्ताे अवस्थाबाट मुक्ति पाउन साे परियाेजना संचालन गरिएको परियाेजना संयाेजक जगत उपाध्यायले बताए ।

देउडा प्रतियोगितामा बालबालिकाले सबै नागरिक सम्मान का साथ बाच्न पाउनु पर्ने, सबै को मानव अधिकार को सुनिस्चित गर्नु पर्ने, अल्पसंख्यक भएर जन्मिनु प्राकृतिक प्रकृया भएको, उनिहरु विरुद्ध भेदभाव गर्न नहुने , समाबेशी वातावरणको निर्माणमा ध्यान दिनु पर्ने, नागरिकता पाउने प्रकृया सहज हुन पर्ने जस्ता सन्देश प्रवाह गरेका थिए |

कार्यक्रममा बिद्यालय ब्य्वस्थापन समितीका पदाधिकारी, जन प्रतिनिधी, अभिभावक, शिक्षक, विद्यार्थीको उल्लेखनिय सहभागिता थियो | वक्ताहरुले सबै मिलेर यो समुदायको अधिकार सुनिस्चितताका लागि काम गर्नु पर्ने बताएका छ्न्न, साथै सरकार, समुदाय र विभिन्न संघसंस्था बिचमा त्रि पछिय कार्ययोजना बनाउदै अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका थिए |
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक जागरण तथा विकास प्रतिस्ठान (सादा नेपाल ) ले कालिकोट जिल्लाको रास्कोट नगरपालिका र सान्नी त्रिवेणि गाउँपालिका सङ्गको समन्वयमा सन्न २०२४ जनवरि देखि यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार पैरवीका लागि कलर्स परियोजना संचालन गरिरहेको छ |
संघ संस्थाले अहिले गाउमा जनचेतना जाेगाउन देखि विभिन्न संरचनामा काम गर्दै आईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित