गाउँपालिकाकाे बदमासी : एउटाकाे लाईसेन्समा अर्कैलाई जागिर

गाउँपालिकाकाे बदमासी : एउटाकाे लाईसेन्समा अर्कैलाई जागिर

निरा बोहोरा -कालीकोटको नरहरिनाथ गाउँपालिकाले किर्ते कागजात पेस गरेका स्काभेटर चालकलाई तलब दिने गरेको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि स्थानीय अनिल सहकारीको लाइसेन्स पेस गरी लाइसेन्स नभएका पुष्प विष्टलाई तलब दिने गरेको हो। गाउँपालिकाबाट अनिल सहकारीको खातामा अनिलको खाताबाट सिधै पुष्प विष्टलाइ दिने गरीएको पाइएको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालिले किर्ते कागजात पेस गरी पुष्प विष्टलाई नियुक्त गरेका हुन्। उनलाई अहिलेका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पनी नियुक्ति पत्रको म्याद थप गरि रकम भुक्तानी गरिरहेको तथ्य फेला परेको छ।

अहिले अनिल सहकारीको खातामा पैसा भुक्तानी गरेर पुष्प विष्टले बुझ्ने गरेका छन् । नियम अनुसार कागजात हेरेर नियुक्ति पत्र दिनुपर्नेमा उनलाई किर्ते कागजको भरमा गाउँपालिकाले भुक्तानी दिइरहेको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले अहिले पनि अनिल सहकारीको खातामा रकम भुक्तानी भईरहेको जानकारी दिए । उनले पहिले नियुक्ति गरेको कारण आफुलाई धेरै कुरा जानकारी नभएको बताए । एैन र नियमको ओकालदगर्ने प्रमुख प्रशासकीय अधिकृतले किर्ते कागजात पेस गरि तलब खादा समेत टुलुटुलु हेरिरहेका छन् ।

अनिल सहकारीले आफ्नो खातामा आएको पैसा पुष्प विष्टलाई दिने गरेको बताए । उनले भने ‘अहिले पुष्पको लाइसेन्स नभएकाले मेरो लाइसेन्स प्रयोग गरि जागिर खाएको छन् । अहिले पनि मेरो खातामा रकम आउने गरेको छ।’ र आफुले उनलाई दिने गरेको बताए । उनी अहिले दहिखोलामा स्काभेटर चलाउन्छन्।

पुष्प विष्टलाई बुझ्दा आफुले जागिर खादैन भन्दाभन्दै गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट र उपाध्यक्ष कमल कुमार शाहले जबर्जस्त किर्ते कागजात पेर गराउन लगाइ जागिर खाएको बताए । गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले आफ्ना भान्जा नातापर्ने पुष्पलाई बिना लाइसेन्स जागिर खुवाएका छन् । पुष्पले वाषिक १ लाख ५६ हजार नक्कली डकुमेन्टको आधारमा जागरि खादै आएका छन् ।

उस अघि सोहि गाउँपालिकाको वडा नम्बर ८ का अध्यक्ष लालबहादुर विष्टले आफ्नो पत्नी निर्मला विष्टलाई किर्तेकागजात पेस गरि जागिर खुवाएका थिए। कानुन विपरीत नियुक्ति पत्र दिएर जागिर खुवाउने कसैलाई कानुनी कार्वाही भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित