Online News Khabar

कालिकोटमा फागुन १३ देखि दादुरा खाेप लगाईने

869
SHARES
1k
VIEWS

कालीकोट – जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ वटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्ष मुनिका रहेका १७ हजार ४ सय १७ जना बालवालिकालाई खोप दिने भएको हो । पछिल्लो समय बालवालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट बालवालिकालाई मुक्तगर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई चरणमा खोप अभियान सञ्चालनगर्ने जनाएको छ।

कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले पहिलो चरणमा खाँडाचक्र नगरपालिका,पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका,महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान सुरुगर्ने बताए । यस्तै, रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने छ । जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले समयमै खोप पाउनु बालवालिकाको अधिकार भित्रपर्ने भन्दै त्यसको व्यवस्थापन राज्यका जिम्मेवार निकायले गर्नुपर्ने बताइन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीले पूर्ण खोप पाएको जिल्लामा यस्ता अभियान निरन्तर चलेमा घोषणाले सार्थक्ता पाउने बताए । सरोकारवालासँग गरेको जानकारी मुलक अन्तरक्रियामा सरोकारवालाहरुले खोपबारेमा यसरी पूर्व नै जानकारी भएको खण्डमा कोही पनि बालबालिका खोप पाउनबाट नछुट्ने धारणा राखेका थिए ।

यस अघि जिल्लामा सञ्चालन गरिएको टाईफाईडविरुद्धको खोप ४९ हजार ९०६ जनाले लगाएका थिए । यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत हो । दादुरा रुबेला यदी कुनै बालबालिकामा भएमा एक जनाले कम्तीमा पनि १८ जनालाई सङ्क्रमण गर्न सक्ने भएकाले समयमै खोप लगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित