कालिकोट – जिल्लाको पलाँता गाउँपालिकाले गाउँपालिकाका हरेक गतिविधिका वारेमा सार्वजनिक सुनुवाई गरेको छ ।
आर्थिक वर्ष २०८० मा बिनियोजित बजेट, योजना निति निर्माण तथा खर्चका वारेमा पाउँपालिकाका नागरिकलाई राखेर सार्वजनिक गरेको छ ।
हरेक नागरिकले सरकार र सार्वजनिक संघ संस्थाको वारेमा जान्न वुझ्न पाउनु नागरिकको हक अधिकार हो ।
सुशासन, पार्दशिक्ता र जवाफदेहि सरकार बनाउन गाउँपालिकाले गरेका गतिविधी जनतामाझ सार्वजनिक गरेको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।
सार्वजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयगत शाखाले पनी गतिविधिवारे सार्वजनिक गर्ने छन । सार्वजनिक सुनुवाईको सहजिकरण रेडियो प्रदेश आवाजले गरेको छ ।
यस भन्दा पहिला जिल्लाको नरहरीनाथ गाउँपालिकाले सार्वजनिक सुनुवाई गरिसकेको छ ।
Discussion about this post