Online News Khabar

बालअधिकार समितिका पधाधिकारीलाई क्षमता अभिवृद्धी

911
SHARES
1.1k
VIEWS

कालिकोट – बाल अधिकार समितिका पधाधिकारी र सरोकारवालाहरु लाई दुई दिने क्षमता अधिवृद्धी तालिम सुरु भएको छ ।
प्लान नेपालको सहयोग, किर्डाक नेपालद्धारा संचालित शसक्त वालिका परियोजनाको आयोजनामा सदरमुकाम मान्ममा रास्कोट नगरपालिका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका वडा अध्यक्ष, वडा सचिव महिला वालवालिका शाखा र जिल्लाका सरोकारवालाई क्षमता अभिवृद्धी तालिम दिन थालिएको हो ।

किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेको अध्यक्षता, शान्नि त्रिवेणी गाउँपालिकाउपाध्यक्ष पार्वती सिंह। बाल अधिकार परिषद् कर्णाली प्रदेश समन्वय अधिकृत डम्वर रोकायाको विषेश आतिथ्यथता र वडाध्यक्षको उपस्थितिमा तालिम उद्घाटन गरिएको छ ।
शसक्त वालिका परियोजनाले शान्नि त्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा पोषण र खाद्य सम्बन्धी काम गर्दै आइरहेको छ । विषेश गरी बालवालिका सम्बन्धी विभिन्न अधिकारका विषयमा काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित