Online News Khabar

कालिकोटका पाँच पालिकाले दिए ’जनयुद्ध दिवस’ मा बिदा

933
SHARES
1.1k
VIEWS

कालिकोटका पाँच पालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। ’जनयुद्ध दिवस’ का अवसरमा चार पालिकाले बिदा दिने निर्णय गरेका हुन्।

पलाँता, पचालझरना, शुभकालिका, महावै र खाँडाचक्र नगरपालिकाले बिदाको सूचना जारी गरिसकेका छन्। जिल्लाको रास्कोट नगरपालिकाले फागुन १ मा बिदा दिने निर्णय नगरेपनी नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रममको आयोजना गरी मनाउन परिपत्र गरिसकेको छ ।

२०७९ मा भएको स्थानीय तह चुनावमा अहिले बिदा दिनेमा पलाँता गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्षले जितेका थिए भने रास्कोटमा प्रमुख माओवादी, उपप्रमुख एकिकृत समाजवादी, महावैमा अध्यक्ष माओवादी र उपाध्यक्ष एमाले र खाँडाचक्रमा प्रमुख एकिकृत समाजवादी र उपप्रमुखमा नेकपा माओवादीबाट उम्मेदारले गठबन्दन गरी चुनाव जितेका थिए ।

संघीय सरकारले पनि ’जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर सो निर्णयविरूद्ध सर्वोच्चमा रिट परेपछि बदर भएको थियो।
महावै र शुभकालिका गाउँपालिकामा बिदा दिने निर्णण विरुद्ध केहीले बिरोध जनाएका छन । महावै गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समिकरणमा चुनाव जितेका थिए । नेकपा एमालेबाट जितेका जनप्रतिनिधिहरुले कार्यपालिकामा निर्णय नगरी बिदा दिएको भन्दै बिरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित