Online News Khabar

युनिकोड

बिमानस्थल सुचारुको माग गर्दै जनप्रतिनिधि सिंहदरवारमा

1.2k
SHARES
1.5k
VIEWS

कालिकोट – बिमानस्थल सुचारु गर्न गर्दै नरहरीनाथ गाउँपालिकाका जनप्रतिनिधिहरु सिंहदरवारमा पुगेका छन ् ।
चार दशकपछी निर्माण सम्पन्न भएको कालिकोटको एकमात्र सुनथराली विमानस्थल सुचारुको माग गर्दै गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाहध्यक्षहरु सिंहदरवारमा खनिएका हुन ।

निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा समेत सरकारले पटक पटक उद्घाटन गर्ने भन्दै मिती सार्दै गरेको थियो । अहिलेसम्म उद्घाटन नहुदा गाउँपालिका जनप्रतिनिधि सहितको टोलीले प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही लाई समेत लिएर प्रधानमन्त्रि पुष्पकमल दाहाललाई भेटेका छन ।
प्रधानमन्त्रि प्रचण्डले उपयुक्त समय मिलाएर उद्घाटन गर्ने प्रतिबद्धता जनाएका थिए ।
आउने फागुनको १५ सम्म बिमानस्थलको उद्घाटन गर्ने समय सिमा दिएको गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिएका छन । उनका अनुसार मुख्य रुपमा बिमानस्थल संचालन र अन्य गाउँपालिकाका विकास निर्माणका मागहरु ल्याएर सिंगो गाउँ कार्यपालिकाको टोली सिंहदरवार पुगेको बताए ।
७ सय मिटर चटनमा बाटो खन्नको लागी बिस्पोटक प्रदार्थको अनुमती, गाउँपालिका रिङरोड निर्माणको लागी आवश्यक वजेट, राष्टिय प्रसारण लाइन विस्तारको बिषयमा छलफल गरिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित