कालिकोट – प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमवार देश भरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसकै अवसरमा कालिकोट शाखाले पनी सोमवार सदरमुकाम मान्मको कोटदरवार क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरी मनाएको छ ।
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको अध्यक्षता, नेकपा एमालेका नेता रमेशकुमार शाहीको प्रमुख आतिथ्यता, जिल्ला वन कार्यालयका प्रमुख रमेश गरी नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको विषेश आतिथ्यता, नेकपा एमालेका नेता कमलकुमार शाही, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य कालीबहादुर मल्ल, केन्द्रिय सदस्य खडानन्द अधिकारी,प्रदेश महासचिव प्रेमराज सिम्खाडा, एमाले नेता एनबहादुर शाही, दुर्गबहादुर शाही,चन्द्रबहादुर शाही, युवासंघ नेपालका कर्णाली प्रदेश कमिटि उपाध्यक्ष गणेश शाही, हिरेन्द आचार्य, प्रेस चौतारी नेपालका प्रदेक सदस्य हस्त चौलगाई, किरण अधिकारी, जिल्ला उपाध्यक्ष रमेश सुनार, रिपिका शाही लगायतको सहभागितामा कोटदरवार क्षेत्रमा ओखरका विरुवा रोपेर स्थापना दिवस मनाइएको हो ।
यस भन्दा पहिला पनी यो क्षेत्रमा विभिन्न प्रजातीका विरुवाहरु रोपिदै आएको छ । रोपेका विरुवाको रेखदेख र मलजलमा संरक्षण समितिले चासो नदेखाएको भन्दै रोपेका विरुवा हुकाउनमा चुनौती रहेको नेकपा एमालेका नेता रमेशकुमार शाहीले बताए ।
केही विरुवाहरु हुर्केको पनी छन डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरीले बताए । यसमा संरक्षण समितिले विरुवाको रेखदेखमा चासो देखाउनु पर्ने बताए । प्रेस चौतारी नेपालले रुखो डाँडोमा विरुवा रोपेर आफ्नो स्थापना दिवस मनाएको प्रति धन्यवाद समेत दिएका थिए । रोपेका विरुवा जती रोपिएको छ सवै हुकाउन नसकिएका तर, वृक्षा रोपणले सकरात्मक सन्देश पनी प्रवाह हुने गिरीले बताए ।
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाले देशभर जस्तै स्थापना दिवसको अवसरमा संगठनले विभिन्न कार्यक्रम गर्ने गरेकाले कालिकोटमा प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कोटदरवार क्षेत्रमा बृक्षारोपण गरेको बताए । सिम्खाडाले हामीले रोपेका विरुवाहरु संरक्षण गर्न हप्ताको एक दिन हेरफेर तथा गोडमेल गर्न संगठनका सदस्यहरुलाई पठाउने बताएका छन् । पहिलेको तुलनामा हाल कोटदरवार क्षेत्र संरक्षणमा रहेको बताएका छन् ।
कार्यक्रमको संचालन संगठनका जिल्ला सचिव डिल्लीचौलगाईले गरेका थिए ।
Discussion about this post