कालिकोट – अति जोखिम तथा न्युन आर्थिक अवस्था कमजोर भएका एक हजार एक सय २० जना बाल बालिकालाई शैक्षिक सम्रागी सहयोग गरिएको छ ।
पलान नेपालको सहयोग र किर्डाक नेपालको सहजिकरणमा जिल्लाको नरहरीनाथ गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार एक सय २० जना न्युन आर्थिक अवस्था भएका बालबालिकाले कापी ,पेन र अन्य शैक्षिक सम्रागी पाएको छन ।
कापी र कलमका कारण विद्यालय जानबाट कोही पनी बालबालिका बञ्चित नहुन भनेर परियोजनाले यस्ता बालबालिकाको तथ्यांक संकलन गरी वडा पालिकाको शिफारिसमा साम्रागी सहयोग गरेको पलान नेपालका परियोजना अधिकृत पदमबहादुर विष्टले बताए ।
उनका अनुसार विभिन्न चरणमा गरी तिनवटा पालिकाका एक हजार एक सय २० जना जोखिममा रहेका बालबालिकालाई शैक्षिक सम्रागी सहयोग गरिएको हो । यो सहयोगले गर्दा कापी कलमको बहानामा स्कुल नजाने बालबालिका नियमित स्कुल जाने गरेको अधिकृत विष्टले बताए ।
कहिले कापी छैन कहिले कलम छैन भनेर स्कुल नजाने यहााका बालबालिकालाई बिदालयमा नियमित गराउन पनी यो परियोजनाले सहयोग गरेको वडा नं १ का स्थानिय अभिभावक जमुना विकले बताइन ।
यसले गर्दा नहुनेको लागी ठुलो सहयोग संगै बालबालिकामा नियमितता पनी हुने गरेको बिकले बताइन ।
Discussion about this post