Online News Khabar

शिक्षक र विद्यार्थीको निगरानी गर्दै अभिभावक

914
SHARES
1.1k
VIEWS

कालिकोट – यसअघि विद्यालय व्यवस्थापन समिति चयन गर्ने बेला बाहेकको समयमा प्रायः अभिभावकहरू विद्यालयमा देखा नै पर्दैन थिए । विद्यार्थीलाई विद्यालय पठाइ दिए मात्र उनीहरू आफ्नो कर्तव्य पूरा भएका ठान्थे । तर हिजो आज अभिभावकहरूको सोच फेरिएको छ । उनीहरूले निरन्तर विद्यालय र विद्यालयको गतिविधिको निगरानी राख्न थालेका छन् ।
अभिभावकहरूको निगरानी बढेपछि नरहरीनाथ गाउँपालिका १ कोटबाडास्थित नन्दादेवी मावी विद्यालयको रूपरङ्ग नै फेरिएको छ । शैक्षिक गतिविधिमा सुधार हुन थालेको छ । यहाँका अभिभावकहरू विद्यालयको पूर्वाधार निर्माणदेखि अध्ययन–अध्यापनमा समेत चासो राखेर निगरानी गर्न थालेका छन् । हरेक दिन कुनै न कुनै अभिभावक विद्यालयमा पुगेकै हुन्छन् । विद्यालय जाँदा अभिभावकहरू भवन निर्माणका लागि आवश्यक ढुङ्गा बोकेर जान बिर्सदैनन् । त्यतिमात्र होइन विद्यालय पुगेपछि शिक्षकहरूले समयमै पढाए–नपढाएको पनि निगरानी गर्छन् । जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार भएको अभिभावकहरू बताउँछन् ।
‘अभिभावकहरू ढुङ्गा बोकेर स्कुल मात्रै जाँदैनन् उनीहरू हरेक दिन स्कुलमा बसी शिक्षकले पढाए नपढाएको अनुगमन गर्छन् र साँझ फर्किने समयमा दिनभरी भए गरेका क्रियाकलापहरूको मूल्याङ्कन गरी शिक्षकहरूलाई सल्लाह सुझाव पनि दिने गर्दछन् ।’
स्थानीय अभिभावक दमन विष्ट भन्छन । उनका अनुसार विद्यालयमा हरेक दिन एक अभिभावक आएर दिनभरी स्कुलमा बसी स्कुलका गतिविधिलाई अनुगमन गर्ने गर्दछन् । जसले गर्दा शिक्षकहरू स्कलमा समयमा र नियमित आउने गर्दछन् भने बालबालिकाहरू पनि विद्यालयमा नियमित आउने भएका छन् । शिक्षक हिरामणी सिम्खाडाका अनुसार यसरी अभिभावकहरू नियमित विद्यालय आइ दिनभरी अनुगमन गरी साँझ सल्लाह सुझाव दिएर जाने भएकाले हामी शिक्षकहरूलाई सजिलो हुनुका साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा भएका कमी कमजोरीहरूलाई सुधार गर्ने मौका समेत मिलेको छ ।

‘ यो कार्यक्रमको सुरुवात सादा नेपालको सहजिकरणमा संचालित बाल बिवाह, छिटो बिवाह र जवजस्ती गरिने विवाह परियोजनाको सहयोगमा संचालित छ । हामीलाई यो अत्यन्त प्रभावकारी लागेकाले यसलाई हामीले निरन्तरता गरेका छौं ।’ हिरामणीले भने, अहिले बिद्यालयको तर्फबाट पनी “हेलो अभिभावक” कार्यक्रम संचालन गर्ने तयारी गरेका छौँ । यसका लागी भोली अभिभावक सम्मेलन राखेका छौँ । । उक्त विद्यालयको सुधार देखेर अन्य विद्यालयहरूले पनि यसको अनुशरण गर्न थालेका छन् । यस्तो कार्यले विद्यालयमा विद्यार्थी उपस्थिति दर बढाउन र शिक्षकहरूको कमी कमजोरी सुधार गर्नका लागि अत्यन्त प्रभावकारी भएको उपाध्यायले बताए ।
कक्षा १० मा अध्यायनरत तथा बाल कलबका अध्यक्ष अनिल बिष्टले भने, ‘आजकल हाम्रो स्कुलमा अभिभावकहरू आउन थालेपछि सर मेडमहरू पनि समयमा नै स्कुल आउनु हुन्छ र फुल पिरियड पढाएर जानुहुन्छ ।’ अभिभावकहरू स्कुलमा नियमित आउने भएकाले विद्यार्थीहरू पनि बाटोमा कतै नखेली समयमा नै स्कुल आउन थालेको उनले जानकारी दिए ।
अभिभावक मात्र हैनन् यो विद्यालयमा जिल्ला देखी पनी विभिन्न सचेतनाका कार्यक्रमहरु ल्याएर पुग्ने गरेका छन । पालिकाकै एक नमुना बिद्यालयका रुपमा चिनिने गरेको याने विद्यालयमा प्रहरीले पनी किशोरी सुरक्षा तथा सचेतना कार्यक्रम समेत गर्दै आइरहेको छ ।
पलान नेपालको सहयोग,सादा नेपालको सहजिकरणमा संचालित बाल बिवाह छिटो बिवाहर जवरजस्ती गरिने बिवाह परियोजना यो क्षेत्रमा लागु भएदेखी बिद्यालय वाहिर रहेका बिद्यार्थीको खोजी गरी उनिहरुको विवरण संकलन गरेर नियमित बिद्यालयमा लगाएको परियोजनाका फिल्ड सुपरभाइजर गोविन्द्र नेपालीले बताए । परियोजना लागु नहुनुभन्दा अगाढी यहाँका फरक क्षमता भएका बालवालिका, आर्थिक अवस्था कमजोर बालबालिका स्कुल जान पाउथेनन्। स्कुल जान नसक्नुको समस्याको परिचान गरेर आर्थिक अवस्था कमजोर बालबालिकालाई सहयोग गरेर नियमित स्कुल जाने गरेका छन । यसका लागी सहयोगनै गरेर नियमित नहुदा रैछन। उनिहरुका अधिभावकहरु लाई चेतना दिएर अहिले नियमित स्कुल जान थालेका छन ।

सम्बन्धित फोटोः
१) कक्षा कोठामा बिद्यार्थी र शिक्षकको निगरानी गर्दै अभिभावक

२) बिद्यालयको लागी श्रम गरेर सहयोग र अपनत्व भावना देखाउदै शिक्षक अभिभावक ।

३) शिक्षक बिद्यार्थी, अभिभावक बिच छलफल हुदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित