कालिकोट– सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने मुख्य उपाय विद्यालय प्रशासनको मुख्य जवाफदेहिता हुने भन्दै सामुदायिक विद्यालयको प्रधानाध्यापक खुल्ला परिक्षाबाट छनोट गर्ने नीति बिरूद्व सान्नी त्रिवेणी गाउँपालिका बिरूद्व रिट जाहेर भए पछी गाउपालिकाले लिखित प्रतिवादी पेस गरेको छ ।
संघीयता पछि साबिक जिल्ला शिक्षाको सबै जिम्मेवारी सहित आधाभूत र माध्यामिक तहसम्मको शिक्षाको सबै अधिकार पाएको पालिकाले स्थानीय शिक्षा ऐन निर्माण गरी कार्यविधि समेत पास गरी खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने नीति लिएको थियो । गाउँपालिकाले त्यसअघि प्रधानाध्यापक सहितको बृहत् शैक्षिक गोष्ठि , विद्यालय ब्यवस्थापन समितिको भेलाको निर्णय सहित सुझाव लिएर गाउँशिक्षा ऐन र कार्यबिधि निर्माण गरेको थियो ।
ऐन ,नियम र कार्यबिधि अनुसार गाउँपालिकाले प्रधानाध्यापक छनोट बिज्ञापन र परिक्षा सन्चालन गरेको थियो । परिक्षामा सहभागी भएर उनुउत्तिर्ण भएपछि पालिकाको अध्यक्ष सहित कार्यपालिका परिक्षा समिति ,गाउँशिक्षा समिति , शिक्षा तथा खेलकुद साखा सहित उत्तिर्ण भएका दुइजना निमावि शिक्षकलाई प्रतिवादी बनाएर चार जना उनुउत्तिर्ण शिक्षकहरूले रिट दाहेर गरेका छन्। रिटका बिषयमा यहि२४ गते उच्च उदालतले दुबेै पक्षलाई छलफल का लागि बोलाए पनि नेपालबारको कार्यक्रमलाई कारण देखाउदै रिट दाहेर गर्ने पक्षनै उनुउपस्थित भए पछी अदालतले अन्तरीम आदेश गर्नु पर्ने नपर्ने बिषयमा दुइपक्षबिचको छलफल पौस ४ गते सारेको छ । रिटमा गाउँपालिकाको शिक्षा ऐन संघीय शिक्षा ऐन संग बाझिएको र प्रअ परिक्षामा सामेल भएर उनुउत्तिर्ण भएका तत्कालिन पञ्चदेवल माविका प्रधानाध्यापक जया देबकोटा , कालिका मावि डाँडाखेतका तत्कालिन प्रधानाध्यापक पुर्ण बहादुर बम , मष्टोसरस्वती माविका प्रधानाध्यापक टेक बहादुर बटाला र संकर मावि सेरीज्युलाका प्रधानाध्यापक टेकराज गिरीले मुद्वा दर्ता गरेका हुन ।
उनिहरूले आफू बर्षौ देखि विद्यालयमा कार्यरत रहेर कामकाज समाल्दै आएको भएपनि पालिकाले निर्माण गरेको ऐन कार्यबिधि संघीय शिक्षा ऐनसंग वाझिएको र त्यस्तो अबस्थामा संघीय शिक्षा ऐन सक्रिय हुने भएकाले प्रधानाध्यापक छनोटको प्रक्रिया खारेजिको माग गर्दै रिट दर्ता गरेका हुन । यता पालिकाले पनि स्थानीय सरकारले शिक्षा ऐन निर्माण गरि लागू गर्न सक्ने भएकाले ऐन कार्यबिधि निर्माण गरेर परिक्षा लिएको जिकिर गर्दै प्रतिवादी लगाएको छ । २४ गतेका लागि बोलाईएको रिट निबेदन माथिको छलफल स्थगित भए पछि गाउपालिकाको तर्फवाट बरीष्ठ अधिबक्ता बिद्याभुषण मानन्धरले लिखित प्रतिवादी जवाफ पेस गरेका छन । जवाफमा रिट दर्ता गर्ने शिक्षकहरूले गाउपालिकाको प्रधानाध्यापक छनोट सम्बन्धिका सबै प्रक्रिया स्वीकार गरेको देखिएको भन्दै आफू सफल भए प्रक्रिया सहि असफल भए प्रकियागलत भन्न नपाउने भन्दै रिट खारेजिको माग गरेका छन । प्रधानाध्यापक खुल्ला प्रतिस्पर्दावाट छनोट गर्ने सम्बन्धि प्रधानाध्यापकहरूको गोष्ठी , बिद्यालय ब्यवस्थापन समितिको गोष्ठी र शैक्षिक सरोकारवाला शिक्षक संघसंगठन महासंघ लगायत शैक्षिक सरोकारवालाहरुको सुझाव संकलन गोष्ठी देखी परीक्षा नतिजा प्रकाशन सम्म रिट जाहेर गर्ने चारै जनाको सहभागिता देखिएकाले रिट खारेजीको माग गर्दै लिखित प्रतिवादी लगाएको हो ।
यता गाउँपालिकासंगै रिटमा बिपक्षि बनाईएका दुई जना प्रधानाध्यापक छनोट परिक्षामा उतिण भई कामकाज समालेका शिक्षक मिना कार्की र दुर्ग बहादुर बुढाले भने गाउपालिकाको परिक्षामा संगैसहभागि भएका शिक्षकहरूलाइ रिटमा बिपक्षि बनाइनु पुर्वाग्रही र प्रतिसोधपुर्ण काम भएको भन्दै प्रतिवादी लगाएका छन ।
गाउँकार्यपालिकाले निर्माण गरेको शिक्षा ऐन,शिक्षा समिति र परिक्षा समिति उपर रिट दायर भएको अवस्थामा अदालतले दिने निर्णयमा सवै बिषय किनारा लाग्ने भएकाले आफुहरुलाई बिना कारण दुख दिने नियतले आफुलाई प्रतिवादी बनाइएको शिक्षकहरुले बताएका छन ।
उनिहरूले आफ्नो जिम्मेवारी गाउँपालिकाको प्रअ छनोट प्रक्रियाबाट भएकाले पालिका प्रक्रिया खारेज भए ब्यक्ति त्यसैभित्र रहने भएकाले ब्यक्ति बिरूद्वको रिट दुख दिने मनसायबाट मात्र भएको बताएका छन्।
परिक्षा समिति संयोजक जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख प्रकाश धितालले परिक्षामा कुनै प्रकारको घुसपैठ र अनियमित कार्य नभएको बरू नतिजा आफ्नो पक्षमा पार्न विभिन्न दवाव आए पनि स्वीकार नगरेर निश्पक्ष मर्यादीत परिक्षा संचालन गरिएको दावि गर्नु भयो ।
Discussion about this post