कालिकोट – “गाउँमा कोही बिरामी हुँदा सिटामोलसम्म दिने कोही थिएनन” थिए त उनै नवराज शाही थिए । हुनत उनि डाक्टर हैनन उनि सनियर अहेव मात्र हुन । गाउँमा उनलाई डाक्टर भनेर भन्ने गर्थे ।
दश वर्षे जनयुद्धको बेला साविकका सिपखाना, स्युना, मेहलमुडी, मुम्रा र फुकोटका नागरिकहरु व्यथा बिमार लाग्दा उनी संगै आउथे ।उनले दिएको औषधी र चेकजाँचले बिरामी निको पनी हुन्थे । सुविधासम्पन्न ठाउँका अस्पताल लैजान बाटो समेत हुदैन थ्यो । गर्भवती महिला होस वा अन्य बिरामी पर्दा नावराज डाक्टर सम्झिन्थे । त्यही समयको सेवालाई यहाँका नागरिकहरुले नवराजलाई डाक्टर भनेर विश्वास पाए ।
हजारौ नागकिलाई बचाएका नवराजको ५१ वर्षको उमेरमै भएको निधनले जिल्लावासी शोगमग्न अवस्थामा परेका छन ।“हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौँ” भन्दै स्थानीयहरू मलामीमा सहभागी भएका थिए ।
सुत्केरी हुन कठिन भएका महिलाको बच्चा निकाल्नेदेखि साना अप्रेसन समेत गरी धेरै बिरामी निको पारेकाले उहाँलाई यहाँका नागरिकले डाक्टर भनेर चिन्थे ।
“गाउँमा कोही बिरामी हुँदा सिटामोलसम्म दिने कोही थिएनन” रास्कोट २ का पृथ्वी बमले भने, “सशस्त्र द्वन्द्वका बेला त झन् गाउँमा कोही बस्दैन थिए । त्यस्तो बेलामा पनि गाउँमै बसेर उहाँले नागरिकको सेवा गरे ।”
पद सिनियर अहेब भए पनि सिपका हिसाबले चिकित्सककै क्षमता राख्नु हुन्थ्यो उनले भने । उहाँ नभएको भए मैले मेरो पहिलो सन्तान छोरी सकुशल जन्माउन सक्दैनथे होला उनको भनाइ छ ।
राति व्यथा लाग्यो, पेटको बच्चा जन्माउन कठिन भएका बेला उहाँकै सहयोगमा मैरो छोरीको जन्म गराएको हुँ उनले थपे, “आइतबार सिनियर अहेव शाहीको निधनको खबरले हामी गाउँवासी दुःखी बनेका छौँ ।”
क्यान्सर रोगका कारण सिनियर अहेव नमराज शाहीको आइतबार बिहान ४ बजे आफ्नै घरमा निधन भएको स्थानीयको भनाइ छ । अहिले पनी उनले रास्कोट क्षेत्रमै निजि अस्पताल संचालन गरेर सेवा दिरहेका थिए ।
Discussion about this post