घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं, मंसिर १२ गते। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएका थिए।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएका टोलीले उहाँलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Author
गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित