Online News Khabar

पचालझरनामा एकिकृत जनस्वास्थ्य तथा विशेषज्ञ शिबिर सुरू

957
SHARES
1.1k
VIEWS

कालिकोट – पचालझरना गाउँपालिकाकाे स्वास्थ्य चौकी राम्नाकोटमा संचालित एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
शिबिरमा पहिलो दिनमा महिला तिन सय २४ र पुरुष एक सय ३४ गरी जम्मा चारसय ५८ जनाले सेवा लिएका छन ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयाेजना र पचालझरना गाउँपालिकाकाे समन्वयमा बृहत रूपमा शिबिर संचालन गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।

२) आखा उपचार सेवा: महिला:५४ र पुरुष:८६ गरी जम्मा १४० जना
३) स्वास्थ परिक्षण तथा उपचार : महिला:१७६, पुरुष:५६ गरी जम्मा २३२ जना
४) दन्तरोग तथा मुख स्वास्थ्य: महिला:२५ पुरुष:१४ गरी जम्मा:३९ जना
५) क्षयरोग महिला र पुरुष गरि जम्मा: २ जना
६) स्त्री तथा प्रसुति रोग : १०३ जना
७) रिङ्ग पेसरि राखेको ३ जना
८) VIA positive: २ जना
९) प्रयोगशाला सेवा , महिला:५३ पुरुष :२७ गरी जम्मा ८० जना
१०)भिडियो एक्स रे: महिला:७१ पुरुष:२८ गरी जम्मा:९९ जना
११)पुरुष बन्ध्याकरण: ५ जना
१२) माईनर अप्रेसन: १ जना महिला
१३) जेष्ठ नागरिकलाई walking Aid बितरण: महिला:१, पुरुष:६ गरी जम्मा: ७
१४) स्वास्थ्य शिक्षा पर्दशनी तथा ब्रोसर बितरण:४०० प्रति
१५) निशुल्क औसधि बितरण समेत गरिएको थियाे । पहिलाे दिनकाे शिविरमा स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत बिश्वकर्मा, लगायतका चिकित्सकले बिरामी जाँच तथा उपचार गरेकाे थिए ।
शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष देवराज शाहीले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुर्णाबहादुर नेपाली , जनस्वास्थ्य अधिकृत कटक महत लगायतका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी काे उपस्थिति रहेकाे गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित