कालिकोट – जस मार्फत वजेट आयो उसैबाट कमिशन माग्ने प्रवृतिले गर्दा यहाँको विकास हुन नसकेको कालिकोटका राजनितिक दलहरुले आरोप लगाएका छन् ।
बुधवार जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीले आयोजना गरेको परिच्यात्मक कार्यक्रममा अधिकांस राजनितिक दलका नेताहरुले यस्तो आरोप लगाएका हुन ।
मन्त्री हुदा होस् वा सांसद हुदा जो मार्फत वजेट गाउँमा आयो योजनाबाट उसैले कमिशन लिदा अहिले गुणस्तरिय र दिगो विकास हुन नसेको आरोप लगाएका हुन ।
एक वर्ष अघि आएका योजना अहिले देखिदैनन् गत वर्ष बनेका बाटो होसा वा धारा कुनैपनी संरचना दिगो रुपमा नटिक्ने कारण भनेकै अनियमिता रहेको नेपाल मजदुर किसान पाटीका कालिकोट जिल्ला अध्यक्ष खड्गराज शाहीले बताए ।
गुणस्तरिय कुरा गर्ने विकास र सम्वृद्धीका कुरा ठुला ठुला गर्ने तर कमिसन बिना योजना नपठाउने मानिय र मन्त्री हुदामा यस्ता खालका प्रवृतिका कारण दिगो विकास हुन नसकेको बताए । यस्तै उनले कालिकोट प्रशासन र कर्मचारी तन्तले पनी सरकारको बिरालो आउदा पनी थरथर काम्ने प्रवृतिको अन्त्य गर्नु पर्ने सुझाव दिए । राजनितिक पावर र पहुँचको आधारमा नभई कानुन र बिधिको शासनमा रहेर प्रशासन चलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।
यस्तै अन्य राजनितिक दलहरुले कालिकोट विकास र सम्वृद्धीमा सवै राजनिति दलहरु एकजुट हुने पर्ने बताएका थिए । कालिकोटमा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको अध्यक्षता र प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टको विषेश आतिथ्यतामा सर्वदलिय वैठकको आयोजना गरिएको थियो ।
वैठकमा जाजरकोट र रुकुम पश्चिममा भुकम्पका पिडितलाई एकद्धारा प्राली मार्फत आर्थिक सहयोग गर्न सवै पालिकालाई आग्रह गर्ने र एकद्धारा प्राली मार्फत सहयोग गर्ने छलफल भएको छ ।





