Online News Khabar

प्रहरी दिवसमा ११ प्रहरी कर्मचारी पुरस्कृत

881
SHARES
1k
VIEWS

विश्वनाथ सिम्खाडा
असोज ३० गते । जिल्ला प्रहरी कार्यालय कालिकोटले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ । ६८ औ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनीलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा खाँडाचक्र नगरपालिका—६ की पदमा हमा रहेकी छन् । ११ प्रहरी कर्मचारी पनी पुरस्कृत भएका छन् भने विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पनि कार्यक्रमको अवसर पारेर पुरस्कार वितरण गरिएको छ ।

नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने विश्वास आफुमा रहेका जिल्ला समन्वय समिती कालिकोटका प्रमुख धनजितबहादुर शाहीले बताए ।

जनाताको जिउधनको सुरुक्षाको लागि नेपाल प्रहरीलाई सबैले थप सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताए । उनले जनाताको सेवक अर्थात पिडतको पक्षमा कामगर्न दत्त चित्त भएर लाग्न सबै प्रहरीलाई अनुरोध गरे ।
उनले भने ‘कालिकोट जस्तो बिकट ठाउँमा प्रहरीले राम्रो काम गरेको स्मरण गर्दै आगमिदीनहरुमा कर्णाली प्रदेशले लिएको सुरुक्षित कर्णाली प्रदेश अभियानलाई सफल बनाउनको लागि सबै सरोकारवाला निकाए सकारात्क सोचका साथ कानुनको पालनगर्न लाग्नुपर्ने छ ।’

समाजमा शुसाशन,र शान्तिसुरक्षा कायम गर्न,सबै नागरीक बिनाबर्दिको नेपाल प्रहरी भएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए । उनले थपे जतानतालाई उचित न्याय प्रदान गर्न नेपाल प्रहरीको बिषेश भुमिका रहेको बताए । साथै उनले देशमा बनेका ऐन कानुको प्रभावकारी कार्यान्यन गर्नमा पनि नेपाल प्रहरीको बिषेश भुमिका रहेको बताए । दिवसको अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरिएको थियो ।

उत्कृष्ट कार्यगर्ने जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरी,तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी कार्यालय कालिकोटबाट प्राप्त कदर पत्र प्रदान गरिएको जिल्ला प्रशरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित