कालिकोट – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीले दशै तिहारलाई माओेबादी पाटिले उच्च सम्मान गर्दै आएको बताएका छन् ।
नेकपा माओेबादी केन्द्र जिल्ला समन्वय समिती कालीकोट,वाईसियल नेपाल कालिकोट र अखिल क्रान्तिकारी कालिकोटकोे सयुक्त आयोजनामा सदरमुकाम मान्ममा आयोजित दशै तिहार विषेश शुभकामना आदन पर्दान कार्यक्रममा प्रतिनिधि सभा सदस्य रमेत रहेका शाहीले नेपाल चारजात छतिस वर्णको फुलवारी हो । यो फुलवारीमा हरेक जात जाती र धर्म मान्ने समुदाय रहेका छन ।
आआफ्ना धर्म र जात जातीले मिलेर बसेको नेपाली समाजमा आआफ्नै मौलिकता पनी छ । यसमा नेपाली हिन्दुहरुको महान चार्डका रुपमा बडा दशै र तिहार पनी पर्छ । यो पर्वलाई नेकपा माओवादी पार्टीले उच्च सम्मान सहित हर्ष उल्लासमय रुपमा मनाउदै पनी आइरहेको छ । पर्व सवै नेपालीहरुको लागी समान हो यसमा आफु संग जेजस्तो छ उस्तै खाने र मान्यजनबाट आर्षिवाद लिनु पर्छ । पछिल्लो समय चड्किलो र भड्किलो रुपमा चार्ड पर्व मनाउने प्रचलन छ ।
यसमा गरिब र धनिलाई पनी पर्व समान हुन पर्दछ ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका कालिकोट पाटी अध्यक्ष लक्ष्मि चौलागाईको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा केन्द्रिय पोलेट ब्युरो सदस्य टेकबहादुर वस्नेतको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति धनजित बहादुर शाही उपसभापित मिना रावत बिक नेकपा एमालेका अध्यक्ष जसि प्रसाद पाण्डे प्रमुख जिल्ला अधिकारी जोरासिह माझी विभिन्न राजनितिक दलका प्रतिनिधि सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको थियो ।
दशै तथा तिहारलाई भड्किलो नबनाई शान्त तथा हर्षउल्लासका साथमा मनाउन हुन प्रमुख जिल्ला अधिकारी माझिले आग्रह गर्नु भयो । दशै तिहारलाई भेघाट तथा तिथामिठा कुराहरुको समीक्षा गर्ने र रचनात्मक क्रियाकलापको योजना बनाउने पर्वका रुपमा लिनु पर्ने जिल्ला समन्वय समितिका सभापति शाहीको भनाई रहेको थियो ।
Discussion about this post