Online News Khabar

शैक्षिक सुधार ल्याउन बृहत शैक्षिक गोष्ठी

898
SHARES
1.1k
VIEWS

कालिकोट- जिल्लाको सम्रग शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन सदरमुकाम मान्ममा बृहत शैक्षिक गोष्ठी गरिएको छ ।
जिल्ला शिक्षा समितिको आयोजना र विभिन्न जिल्लाका गैर सरकारी संस्थाहरुको सहयोग र समन्वयमा जिल्लाका ९ वटै पालिका र शिक्षा सरोकारवालाहरुको सहभागितामा सदरमुकाम मान्ममा शुक्रवार बृहत शैक्षिक गोष्ठीको आयोजना गरिएको हो ।
जिल्ला शिक्षा समन्वय समीतीका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको सभा अध्यक्षता, संविधान सधा सदस्य तुलराज विष्टको प्रमुख आतिथ्यतामा शैक्षिक गोष्ठीको आयोजना गरिएको थियो ।
गोष्ठीमा शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कलामार्फत रचनात्मक शिक्षा र मूल्याङ्कनका विषयमा छलफल भएको छ । विद्यालय शिक्षा क्षेत्रको प्राथमिकतासँग जोडिएर भएको छलफलमा नेपालको शिक्षा नीति र २१ औं शताब्दीको विद्यालय शिक्षाका आवश्यकता प्रणालीका बारेमा बहस भएको छ ।

कार्यक्रममा नेपालमा शिक्षक शिक्षा र विकासको अवस्थाबारे ९ वटै पालिकाका शिक्षा संयोजकहरुले आआफ्नो पालिकाको शिक्षाको अवस्थावारे जानकारी गराएकमा थिए । कार्यक्रममा राजनितिक दलका प्रमुख, ९ वटै पालिका प्रमुख विद्यालय प्रअ लगायतका शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिकांश सभागिहरुले संयुक्त राजनितिकदल हरुले विद्यालय शान्तिक्षेत्र घोषण संगै शैक्षिक सुधारका लागी गरिएका प्रविद्धताहरुको सही ढंगले कार्यान्वय हुन नसकेको बताएका थिए ।
बिषेश गरी सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउन सवैले सामुदायिक विद्यालयमा आआफ्ना बालवालिका भर्ना गराउनु पर्ने बताए अनि मात्र शिक्षमा सरकार देखी अधिभावक सवैको चासो र चिन्ता हुन सक्ने भनाई छ ।

कतिपय पालिकाले त शिक्षामा आएको वजेट समेत कटौती गरेर सडक र अन्य क्षेत्रमा लगानी गरेको आरोप लगाएका थिए ।
शिक्षामा सहि निति र वजेट सहितको व्यवस्था गर्न सके सामुदायिक विद्यालयको अवस्था सवैभन्दा बलियो र आकर्षक हुने सहभागिले बताए ।
कार्यक्रमको संचालन जिल्ला शिक्षा समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय ईकाई कालिकोटका नि. प्रमुख प्रकासचन्द त्रितालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित