Online News Khabar

युनिकोड

घाँस काट्नेक्रममा लडेर मृत्यु भएकी विष्टका परिवारलाई नगद सहयोग

894
SHARES
1.1k
VIEWS

कालिकोट- घाँस काट्ने क्र्ममा भिरबाट लडेर मृत्यु भएकी नरहरीनाथ गाउँपालिका- ८ लालुकी धनसरा विष्टका परिवारलाई किरियाँ खर्च स्वरुप बिस हजार नगद सहयोग जुटेको छ ।
बिहिवार होटल सनलाइटका संचालक रबिन्द शाही र उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्षकी धर्मपत्नी कल्पना शाहीले बिस हजार नगद दृर्घ विष्टलाई सहयोग गरेकी छन ।

भदौ १४ गते लालु गाउँ नजिकै घाँस काट्ने क्र्ममा भिरबाट लडेर ३३ वर्षिय धनसराको मृत्यु भएको थियो । धनसराका श्रीमान रोजगारीको शिलसिलामा भारतमा रहेका थिए ।
आर्थिक अवस्था निकै कमजोर भएका विष्टको मृत्यु पछी उनका तिन बालवालिकाको बिचल्ली भएको छ । श्रीमतीको मृत्यु भएपछी भारतबाट घरफर्केका दृर्घ विष्ट धनसरा बिष्टको काज किँरियाका लागी अहिले सहयोग मागिरहेका छन ।
केही दिन अघी अनलाइन न्युज खवरमा विष्टको मृत्यु पछी बालवालिकाको बिचल्ली भनेर समाचार प्रकाशित भएपछी केही ठाउँदेखी सहयोग उठ्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित