Online News Khabar

प्रहरि कार्यालय घेराउ गरेकाे आराेपमा १० जना प्रकाउ

1.5k
SHARES
1.7k
VIEWS

कालीकोट- सान्नीत्रिवेणी–१ लुसा माइती घर भएकी हिंसापीडित गीताकुमारी जैसी शाहीको पक्ष लिएर गत शुक्रबार मान्म बजारमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउमा संलग्न १० जना पक्राउ परेका छन् । झुटो कुराको पछि लागेर बजारमा अराजकता मच्चाएको आरोपमा पीडित महिलाका माइती पक्षका आफन्त पक्राउ परेका हुन् ।

पीडित महिलाका पति दानबहादुर शाहीकी जेठी पत्नी रञ्जना शाहीले तोडफोडमा संग्लन भएका ११ जनाविरुद्ध जाहेरी दिएपछि १० जनालाई सोमबार पक्राउ गरिएको डीएसपी अर्जन केसीले बताए ।

पक्राउ पर्नेहरूमा खाडाचक्रमा बस्दै आएका नाताले दाइ पर्ने नमराज सुवेदी, उनकी पत्नी समिता सुवेदी न्यौपाने, फुपु अमृता न्यौपाने, दिदी नाता पर्ने पवित्रा जैशी धमला, गंगाराम जैशी, उनकी पत्नी विरिन्दा सिम्खाडा, दुई वर्षीय नाबालक छोरा, आनन्द जैशी, गौरी जैशी, कर्णप्रसाद सुवेदी र उनकी पत्नी कल्पना सुवेदी छन् । ‘पक्राउ परेकाहरूविरुद्ध जाहेरी छ,’ डीएसपी केसीले भने ‘तर, छलफलबाट टुंग्याउने कुरा छ ।’
पतिसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंश मुद्दा हालेकी २५ वर्षीया जैशी उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्मसहित नावगैरास्थित डेराबाट बिहीबार राति बेपत्ता भएका थिए ।

उनले मोबाइल कोठामै छाडेर, ढोका खुलै राखेर गएपछि आफन्तले घर पक्षको संलग्नतामा बेपत्ता बनाइएको आंशकामा विरोध गरेका थिए ।

घटनाको सत्यतथ्य नबुझी घरमा आक्रमण गर्न आएकाले हुलहुज्जत गर्ने र गालीगलौज गर्नेलाई कारबाहीका लागि प्रहरीमा उजुरी गरेको दानबहादुरकी जेठी पत्नी रञ्जनाको प्रतिक्रिया छ । ‘कुरै नबुझी बजारमा आतंक मच्चाए,’ उनले भनिन्, ‘कानुनअनुसार कारबाही हुनुपर्छ ।’
प्रकाउ परेका ११ जनाले गिता बेपत्ता भएकाबेला दानबहादुर शाहीकाे घर ताेडफाेडकाे प्रयास गर्ने , गालि बेइजेति गर्ने र जिप्रका हेर्ने लाई प्रकाउ परेका छन ।
अनुसन्धननका लागी १० जनालाई प्रकाउ गरेका छ । घटनामा मुख्य गलत गर्नेलाई प्रकाउ गर्ने र अन्यलाई थुनामा नराख्न नागरिक समाजकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित