कालिकोट – सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण कर्णली करिडोर स्थित फुगाड खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
फुगाड खोलामा पानीको बवाफ बढ्दा यात्रुलाई खोला तर्न हैरानी भएको छ ।२०७८ सालमा अविरल वर्षाले खोलामा लगाएकोे बेलीव्रजि र झुलंगे पुल बगाए पछी खोलामा पानी बढेपछी मोटर साइकल मान्छेबाट बोकेर तार्नु परेको छ भने,अन्य सवारी साधनहरु खोलाबाट तार्नु पर्दा हैरानी खेप्नुपरेको नागरिकको गुनासो छ ।
यस्तै अन्य पैदल हिड्ने यात्रुहरुलाई खोलातर्न जोखिम मोलेर खोला तर्न परेको स्थानिय नागरिकले बताएका छन । खोलाको लम्वाई बढेकाले यसका पुलको लागी सामाग्री बाहिर बाट ल्याउनु पर्ने भएकाले पुल निर्माणमा ढिलाई भएको नेपाली सेनाले जनाएको थियो । बगाएको पुलको निर्माण नगरेकै करिडोर निर्माणका लागी जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्त्रान्त्रण गरिसकेको छ । कहाँ छ स्थानिय सरकार भन्दै यात्रुहरुले विरोध गरेका छन । आवश्यकता र पौँजका आधारमा योजना छुट्याउनु भन्दा यस्तो खोलामा पुल निर्माण गरि दिएको भए जन्ताले सावासी दिने थिए ।
स्थानिय अमराज वरालले गुनासो गरे ,’ ‘पुल बगरेको तिन वर्ष पुग्न लाग्यो तर, स्थानिय सरकारको ध्यान गएको छैन । उनले भने, यता रास्कोट र उता पचालझरनागाउँपालिका को सिमानामा फुगाड खोला छ । यसको विकासमा रास्कोटर पचालझरनाले चासो दिएर जन्ताको दैनिकिमा सहज गरि दिनुपर्ने थियो । नागरिक खोला तर्न नसकेर हैरानी खेप्नु परेको छ । स्थानिय सरकार भने मुखदर्शक बनेको छ ।
Discussion about this post