श्रीमानले श्रीमतीलाई भने तेरो बुवा मैले मारेको हुँ

श्रीमानले श्रीमतीलाई भने तेरो बुवा मैले मारेको हुँ

कालीकोट – जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो।

स्थानीय जिते बजारतर्फ गइरहेका बेला भिरबाट लडेर मृत्यु भएका जैसीको लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको स्वीकार गरेका छन्। मृतक जैसीका छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच विवाद हुँदै आएको थियो।

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए। उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका छन्।

माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए। शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए। छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए। छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन। गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए।

हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए। आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो। एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई प्यासेन्जरमार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिएमा हत्या गरिदिने भनेका छन्।

नेता शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएको खुलेको हो।

उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबै थोक हुने भन्दै तेरो अर्थात् आफ्नै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका छन्। उनले आफैले जन्माएको छोरालाई पनि मारिदिने भनेका छन्।

प्यासेन्जरमा लेखेको चेतावनीमा कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन। तेरो छोरा मारेपछि कसरी अंशवण्डा लिन्छेस् भन्दै विभेदकारी शब्दले गालीसमेत गरेको देखिन्छ।

गीतालाई मुद्दा फिर्ता गर्न चेतावनी दिएको प्रमाणसहित शाहीविरुद्ध प्रहरीमा उजुरी दिए पनि प्रहरीले चासो नदिएको गीता जैसीको भनाइ छ। आफू हिंसामा परेको भन्दै धेरै पटक प्रहरीमा उजुरी परे पनि राजनीतिक पावरका कारणले प्रहरीले बिना कारबाही मेलमिलाप गराउँदै आएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित