Online News Khabar

कालिकोटमा घट्दै बालविवाह १३ वटा वडा बालविवाह मुक्त घोषित

895
SHARES
1.1k
VIEWS

कालिकोट – बालविवाहको डरलाग्दो अवस्था रहेको कालिकोट जिल्ला पछिल्लो समय विस्तारै बालविवाहमा कमि हुदै गएको पाइएको छ । स्थानिय सरकारको सक्रियता तथा त्यससँग सम्बन्धित गैरसरकारी निकायको सहयोगमा बालविवाहमा कमि हुदै गएपछी यहाँका ८४ वडामध्य १३ वटा वडाहरु बालविवाह मुक्त वडा घोषित भएका हुन ।
बालविवाह मुक्त वडा बनाउनका लागि सबै मापदण्डहरू पूरा गरी तिलागुफा वडा नम्बर ७ र ८ लाई बालविवाह मुक्त वडाका रूपमा घोषणा गरिएको एक हप्ता नपुग्दै शुभकालिका गाउँपालिका ५ लाई पनी बिहिवार एक कार्यक्रमका बिच तामझामका साथ बालविवाह मुक्त वडा घोषण गरिएको छ ।
११ वटा वडा रहेको तिलागुफामा ८ वडा बालविवाह मुक्त वडा घोषण भएका छन भने ८ वटा वडा रहेको शुभकालिका गाउँपालिकामा ५ वटा गरी जम्मा १३ वडा वडा बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।
घोषणा गरिएका वडाहरुमा २० वर्ष मुनीका उमेर समुहले विवाह शुन्य देखिएकाले वडालाई स्थानिय सरकार र गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा घोषित गरिएको किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताए ।

तिलागुफा नगरपालिकाभित्रका ११ वडामध्ये ८ वडामा बालविवाह हुने तर शून्यमा झारिएको छ । बालविवाह हुनै छाडेपछि ती वडालाई पालिका, किर्डाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा बालविवाह मुक्त वडा घोषणा गरेको संयोजक पाण्डेले बताए ।

सन् २०१८ बाट बालविवाह अन्त्यको थालनी गर्दा वडा नम्बर ८ मा मात्र जम्मा विवाहको ९२ प्रतिशत बालविवाह भएको पाइएको थियो। तर सन् २०२३ पुग्दा पाँच वर्षको अवधिमा बालविवाहको दर शून्यमा झरेको वडाध्यक्ष तिलक न्यौपानेले बताए ।

शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले शुभकालिका गाउँपाकिलालाई नै बालविवाह लगायतका सामाजिक बिकृतिमुक्त नगरका रूपमा विकास गर्न गाउँपालिका लागिरहेको बताए । हालसम्म गाउँपालिका भित्रका ८ वटा वडामध्ये ५ वडालाई बालविवाह निषेधित वडा घोषणा भएका छन् ।
अनिवार्य बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणा गर्नका लागि बालविवाह एउटा सुचक मात्र हो । नगरपालिकामा बालविवाहविरुद्धको अभियानमा सहभागी सेभ द चिल्ड्रेन बालसंरक्षण अधिकृत बाले विश्वक्रर्माले भदौको अन्त्यमा तीन वडा घोषणासँगै पुरै नगरपालिकालाई बालविवाह निषेधित पालिका घोषणा हुने बताए ।
उता शुभकालिका गाउँपालिकाभित्रका ८ वडालाई पनि बालविवाह निषेधित वडा घोषणा गर्ने अभियान जारी छ । सेभ द चिल्ड्रेन किर्डाक नेपालको सहयात्रा परियोजना सञ्चालन भइरहेका स्थानीय तहमा बालबिवाह विरुद्धका अभियान प्रभावकारी भइरहेका छन् ।

जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले आफू अनुगमनका क्रममा ती पालिकामा पुग्दा बालविवाह विरुद्धका गतिविधि व्यापक भइरहेको र त्यसको प्रभाव अन्य पालिकामा समेत परेको पाएको बताउनुभयो । उहाँले सरकारको दिगो विकास लक्षभित्रको विषय बालविवाह न्यूनीकरण अर्थात् अन्त्य भएकाले सबै स्थानीय तहले बालविवाहविरुद्धको अभियान चलाउनुपर्ने भनाई छ ।

कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष मिम वहादुर शाहीको अध्यक्षता, गाउपालिका उपाध्यक्ष धर्मकला शाहीको प्रमुख आतिथ्यता, वडा नं ४ का वडाध्यक्ष प्रदीप प्रसाद चौलागाई र प्रमुख प्रशासकीय अधिकृत गणेश वहादुर शाहीको विशेष आतिथ्यतामा संचालित बालविवाह निषेधित वडा घोषणा सभाको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष शाहीले बालबालिकाको शिक्षा, स्वास्थ्य, वृत्ति विकासमा बाधकको रुपमा रहेको बालविवाह सधैंको लागि अन्त्य गर्न गाउँपालिका विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताईन।शाहीले अब सुभकालिकाका ८ वटै वडाहरू बाविवाह मुक्त घाेषणा गर्न सवै लाग्नु पर्ने बताईन ।

पार्टिको निर्णय लागु गर्दै एमाले नेता

सस्तै गरी सोही कार्यक्रममा नेकपा एमालेले कुनैपनी कार्यक्रममा खादा नलगाउने निर्णय गरेसंगै कालिकोटका नेता कृष्नप्रसाद आचार्य र पुष्पराज आचार्यले आफ्नो गृह पालिकाबाट सो निर्णयको कार्यान्वयन आफैबाट सुरुवात गरेका छन ।
बिहिवार शुभकालिका गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषण सभामा अतिथिको रुपमा उपस्थित नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य समेत रहेका नेता कृष्नप्रसाद आचार्य र पुष्पराज आचार्यले खादा बहिस्कार गरेर स्थानियले गरेको अर्गानिक दुवाको माला मात्र प्रयोग गरेका हुन् ।
पार्टिको निर्णय स्वागत योग्यभन्दै नेता आचार्यले खादा माला समेत बहिस्कार गरेका थिए । अन्तत स्थानियले अर्गानिक दुवाको माला हालिदिएका थिए ।
केहि दिन पहिले नेकपा एमाले सचिवालय वैठकले अतिथि आसनग्रह, खादा माला सहित फोटो सेसन नगर्ने निर्णय गरेको थियो । समय बचत संगै खर्चको सिमा कमगर्न एमालेले यो निर्णय गरेको थियो ।
सम्बन्धित फोटोः
१) तिलागुफा ७ र ८ पछी तामझामका साथ शुभकालिका गाउँपालिका ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिदै फोटो ः

विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित