कालिकोट – देशभर भाइरल रुपमा फैलिएको आखा पाक्ने रोग कालिकोटमा पनी देखा परेको छ । स्वास्थ्य सेवा कार्यालयमा यस्ता खालका बिरामी नआएपनी स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागी आउने गरेका छन ।
देशभर अहिले आखा पाक्ने रोग भाइरल रुपमा फैलिएपछी कालिकोटमा पनी यसको उपचार र नियन्त्रणका लागी स्वास्थ्य सेवा कार्यालय कालिकोट तयारी अवस्थामा रहेको स्वास्थ्य सेवा व्यवस्थापक डाक्डर संकेत विश्वकर्माले बताए । आखा पाक्ने रोग संक्रमण भएका बिरामीहरुले आआफ्नो नजिकैको संस्थास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार गर्न आग्रह समेत गरे ।
अहिले जिल्ला अस्पतालमा यसका बिरामीहरु आएका छैनन् यो रोगबाट बच्न निम्न किसमिका उपायहरु अपनाउन सुझाव दिए । सामान्य तया नेपालीमा आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ ।
यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छृ१े भने आँखा फुस्रो वा रातो देखिन्छ ।
त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ ।
यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ । यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।ृ३े यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।
आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुनेगरेको पाइन्छ । यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा रुगाका लक्षणहरू देखिन्छन् । यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन् । फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो । प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ । कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ ।
कसरी बच्ने
आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ । आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ । भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन । त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन् ।
यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ । कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ ।
Discussion about this post