निरा बोहोरा – छात्रवृत्ती कार्यक्रम बिपन्न दलित समुदायका बालवालिकाहरुको लागी साहारा बन्दै गएको छ ।
नेपाल राष्ट्रिय दलित कल्याण संघ र सेभ द चिड्यानको साझेदारीमा संचालित “नेपाल छात्रवृत्ती कार्यक्रम” अहिले दलित समुदायका बालवालिकाकाहरुको लागी साहारा बन्दै गएको पाइएको हो ।
जिल्लाको खाँडाचक्र र शुभकालिकामा संचालन भइरहेको कार्यक्रम असाय, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारका बालवालिकाहरुलाई विद्यालय शिक्षामा छात्रवृत्ती सहयोग गरेर सयौँ बिद्यार्थीहरुको साहारा बनेको छ ।
बिहिवार खाँडाचक्र नगरपालिका वडा नम्बर ६ को सेरा गाउँमा अनुगमनका क्र्ममा जादा त्यो दलित समुदायका बालवालिकाको अवस्था वुझ्दा राम्रो काम गरेको भेटिएको थियो ।
मेरो त कोही छैन सोचेको थिए एनएन डिएस डव्लओ रहेछ । दुवै आँखा गुमाएका ३० वर्षिय हरी बिंकले अनुगमनमा गएको टोलिसंग गुनासो गरे ।
श्रीमती पनी अपांङ्ख म पनी अपांङ्ख २ छोरा र एक छोरी छन कसरी पाल्ने चिन्ता थियो । अहिले एनएन डिएस डब्लुओले छोरा छोरी र समुदायको लागी भगवान सरी आयो । अहिले मासिक ७ सय रुपैयाँ माथिले कक्षा पढ्नेलाई दुई हजार एक सय दिने गरेको छ । पारिवार पाल्न कठिन हामिलाई छोरा छोरी पढाउन सहयोग गरेको छ । अझै गर्नेछ भन्ने आषा छ हरीले भने ”।
हरी मात्र हैनन् पहिरोमा परी एक हात समेत लुलोलंगडो अवस्थामा जिवन चलाउदै गरेका ४२ वर्षिय दल कामी बिकको पनी आर्थिक अवस्था निकै कमजोर छ । काम गरी परिवार पाल्ने विकको आफु असक्त भएदेखी छोराछोरी पाल्ने निकै समस्या थियो । अहिले नेपाल छात्रवृत्ती कार्यक्रमले १६ वर्षिय छोरी धनसरालाई पढ्नको लागी सहयोग भइरहेको छ ।
बिहान खाए बेलुकी के खाने हो भनेर चिन्ता गर्ने हामिलाई छोरा छोरीको पढाइ त परको कुरो हो ।
यसमा हामि जस्तो कमजोर समुदायको नेपाल छात्रावृत्ती कार्यक्रम साहारा बनेको छ दलले भने ।
१६ वर्षिय धनसराले यो कार्यक्रममा हामि जस्ता समदायका विद्यार्थीको भगवान बनेको बताइन । यो कार्यक्रम फेरी निरन्तर संचालन गरिदिन समेत आग्रह गरिन ।
अहिलेसम्म एनएन डिएस डब्लले कालिकोटमा ८ सय ६३ जना दलित समुदायका बालवालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइसकेको परियोजना अधिकृत गोरख नेपालीले बताए ।
यस्तै उच्च शिक्षाका लाी ४४ जनाले यसै कार्यक्रमको सहयोगमा उच्च शिक्षा हासिल गरी विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा रोजगारीमा आवद्ध रहेको नेपालीको भनाई छ ।
अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य अजय बम, एनएन डिएस डब्लुओका संयोजक गोरख नेपाली, शिक्षा विकास तथा समन्वय इकाई, पत्रकार लगायतको उपस्थित रहेको थियो ।
सम्बन्धित फोटोः
१)
Discussion about this post