Online News Khabar

युनिकोड

स्वर्गको अनुभुति दिलाउने त्रिवेणी पाटन

1k
SHARES
1.2k
VIEWS

हिक्मत सिम्खाडा – जिल्लाको सान्नीत्रिवेणी गाउँपालिमा पर्ने त्रिवेणी पाटनले पर्यटकको मन लोभ्याउने गरेको छ । त्रिवेणीको काखमा रहेका दर्जनौ सुन्दर पाटनहरूले पर्यटकलाई मोहनी लगाएको हो ।
त्रिवेणी आउने पर्यटकले धर्तिको भू(स्वर्गको अनुभुति गर्दछन्। पछिल्लो समय त्रिवेणी पश्चिम नेपालकै सुन्दर पर्यटकीयस्थल बनेको छ ।

शान्नि त्रिवेणी गाउँपालिका मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिवेणी पाटनमा पर्यटकहरूको चहलपहलले कालिकोटमा पर्यटन व्यवसायमा केही आशा पलाएको छ ।
प्रायः सिजनअनुसार त्रिवेणी– जिउली, बडिमालिका पाटनमा पर्यटकहरूको ओहोरदोहोर हुने गरेको पाइन्छ । यी पाटन समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा छन् ।
यस क्षेत्रमा बाहै महिना घुम्न नसिकने भएपनी पर्यटन प्रवद्धनका लागी सरकारले सडक संञ्जाल पुगाउन नसक्दा एक सिजनमा मात्र हुम्न सकिन्छ ।

यो अहिले त्रिवेणी धामको रूपमा परिणत भएको छ । नेपाल भरबाट हजारौं भक्तजन जिउली– त्रिवेणी पाटन भएर बडिमालिकाको दर्शन गर्न पुग्छन् । कालिकोट र बाजुराको सीमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिवेणी धाममा बास बसेर भक्तजन जाने गरेका छन्। कर्णालीका सबै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, वैतडी र अछामको संगमस्थलको रूपमा त्रिवेणीधामलाई लिन सकिन्छ ।

त्रिवेणी क्षेत्रमा पुग्न तिनदिनको लामो पैदल यात्रा गर्नुपर्छ । गोरेटो बाटो गाह्रो छ । तर, पुगेपछि भने पर्यटकका मन रोमाञ्चित हुन्छन् । प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणी अत्यन्तै दर्शनीय छ । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मानिसले मनोहक प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछन् ।

त्रिवेणीको वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वी तलको स्वर्ग जस्तै कन्चन बनाएको छ । त्रिवेणीले कर्णालीको धार्मिक सांस्कृतिक आयाम निकै थपेको छ । त्रिवेणीमा विभिन्न प्रजातिका वनस्पति रहेका छन्।
करिब १ सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा भेडाहरू चराउनका लागि उपयुक्त स्थान, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम, मुलुकका दर्जनौँ जिल्लालाई नियाल्न सकिने अग्ला अग्ला हिमश्रींखलाहरूले यसको थप महत्व दर्साएको छ ।

अपार पर्यटकीय सम्भावना सहितको त्रिवेणी पाटनको विकासमा सरकारको ध्यान भने पटक्कै पुगेको छैन । सिजन अनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको राम्रो प्रबन्ध छैन ।

संरक्षित क्षेत्र बनाइने

त्रिवेणीलाई संरक्षित क्षेत्र बनाउने तयारी रहेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेस केसीले कताए । त्रिवेणी पाटन मात्र नभइ त्रिवेणीधाम रहेकाले यसको महत्व थप बढेको उनले बताए । उनले भने, ुयस क्षेत्रलाइ आगामी दिनमा संरक्षित क्षेत्रको रूपमा घोषणा गर्ने र थप पर्यटकीय सम्भावनाहरूका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । यस क्षेत्रमा कस्तुरी, बाघ, घोरलजस्ता वन्यजन्तु पाइन्छन् ।

कालिकोटको सदरमुकाम मान्महुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान सकिन्छ । विमान वा बसबाट बाजुरा लगायतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिँड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ । त्यस्तै दोस्रो दिनमा त्रिवेणी पुगिन्छ । त्रिवेणीदेखि बिहानीको शीतलमा ठाडो उकालो बाटो भएर दिउँसोतिर बडिमालिका पुगिन्छ ।

बढिमालिकामा जनैपूर्णिमाका अघिल्लो दिन धुमधामसँग धार्मिक मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्दछन । जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका त्रिवेणी आउँने गरेका पुजारी कृष्णप्रसाद धमालाले बताए ।

त्रिवेणीमा नुहाएर बढिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ। रोगव्याध नाश हुने र पदोन्नति हुने विश्वास छ। शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै यहाँ पूजा गरिन्छ ।

त्रिवेणीमा दुइटा खोला छन, गंगा र जमुना। जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ । त्रिवेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने पनि धार्मिक विश्वास छ।

यस क्षेत्रको समृद्धि बन्नसक्छ बिवेणी– जिउली

पर्यटनका दृष्टिले त्रिवेणी धामको जिउली वश्वकै एक आकर्षक गन्तव्य हो । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणीको सिमाना जोडिएका कालिकोट सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानिय कण केसी बताउछन, “कर्णालीको विकास गर्नु छ भने पहिले त्रिवेणीको विकास गर्न जरुरी भएको छ ।”
त्रिवेणी क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकीयसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके त्रिवेणीमा पर्यटकको ओइरो लाग्ने विश्वास केसीको छ ।

उनले भने, “त्रिवेणी पर्यटन विकास गर्न सके अर्बौँ रुपैयाँको कारोवार हुनसक्छ, तर दुर्भाग्य यो क्षेत्रमा आउने पर्यटकलाई अहिलेसम्म खाने बस्नेसम्मको न्यूनतम पूर्वाधारसमेत बन्न सकेको छैन ।” पर्यटन बाहेक बडिमालिका र त्रिवेणीको जडीबुटी र वनस्पति पनि यहाँका चार जिल्लाको अर्को आयस्रोत बन्दै आएको छ ।
यहाँ औषधिय मूल्य भएका सञ्जीवनी, गधाल्लो, बाहजडी बुटीदेखि अति महत्वपूर्ण त्रिवेणीमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको स्थानिय अनुसन्धानकर्ता कालिबहादुर बम बताउछन । यो क्षेत्रमा जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिङ्गो कर्णाली र सुदूरपश्चिम धान्नसक्ने गरी आर्थिक लाभ लिन सकिने दाबी गर्छन ।

बडिमालिका त्रिवेणी जस्ता पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्यटकीय विकासका लागि विसं २०६४ मा बडिमालिका पर्यटन विकास समितिको गठन भएको थियो । त्यसयता झण्डै रु १० करोड विकास समितिमा आइसकेको छ ।
तर अहिलेसम्म पर्यटकलाई खाने बस्नेसम्मको व्यवस्था गरिएको छैन । बीचपानी र पाटनमा दुई वटा धर्मशाला बनाइएका भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न नमानेको स्थानीय वासीको आरोप रहेको छ । यो वर्ष भने प्रदेश सरकाले एक पप्की भवन बनाएको छ ।
पहिले प्रदेश सरकारले बनाएका तिनवटा धर्मशाला उबेलानै भत्किएका थिए । एक सिजनमा वास वस्नको लागी राज्यले करोडौ रकम खर्चेपनी अहिले सम्म व्यवस्थित वास बस्ने अवस्था रहेको छैन ।

सम्बधित फोटोः
१) मनोहक प्रकृतिको विपुल छटाहरूले घेरिएका त्रिवेणी धाम

२ ) लेकाली फुलहरुले झकिझकाउ बनेको सुन्दर दृश्य त्रिवेणी पाटन

तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित