कालिकोट – कालिकोट सहित कर्णालीका दशैवटा जिल्लाका घरघरमा प्रहरीको फोन नम्बर सहित स्टिकर टाँस अभियानको कालिकोटमा सुभारम्भ गरिएको छ ।
सुरक्षित कर्णाली विषेश अभियान २०८० कर्णाली प्रदेशका घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान आइतवार एक कार्यक्रमका बिच सदरमुकाम मान्मको एक घरबाट टाँसेर प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी र प्रहरी प्रमुख जयश्वर रिमालले सुभारम्भ गरेका हुन ।
अव घरेलु हिंसा, सामुदायमा हुने विभिन्न खालका झैझगडाबाट पिडित जो कसैले प्रहरी कार्यालयको फोन नम्बर घरको ढोकामा टाँसेर नागरिकलाई सहज होस भनेर यो अभियान थालिएको कालिकोटका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । अव जोही कसैले न्याय खोज्न अल्मलिनु नपर्ने रिमालले बताए ।
यो अभियान कर्णाली प्रदेशले थालेको छ । यो अभियानलाई आत्मासाथ गर्न कालिकोटले पहिलो पटक कालिकोटका घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस गरेर सुभारम्भ गरेका छौँ ।
यो अभियानले मुख्यतया घरेलुहिंसा र पिडितले सजिलै न्यायको बाटोमा जान सक्ने भएकाले यो अभियान निकै प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथी जोरासिंह माझीले बताए । अव नागरिकको घरको ढोकामै न्यायको घण्टी बज्ने भयो ।
कार्यक्रममा नेपाली सेनाका सेनानी, शसत्र प्रहरी बलका प्रमुख नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट,लगायतका सुरक्षाकर्मी पत्रकार नागरिक समाजको उपस्थितिमा शुभारम्भ गरिएको थियो ।
Discussion about this post