गणेश सिम्खाडा कालिकोट – अविरल वर्षाका कारण कालीकोटका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका छन् । कर्णली राजमार्ग र करिडोर देखी गाउँ जोडिएका ग्रामिण सडकहरु निरन्तरको वर्षाले अवरुद्ध पारेपछी ग्रामीण सडक बन्द भएका हुन् ।
सान्नित्रिवेणीको शान्तिघाट देखी पालिकाको केन्द्र, केन्दखी मुम्रा, रक, ुशुभकालिकाको सेरिघाट देखी भर्ता, सुकाटिया नरहरीनाथको खुलालुदेखी लालु लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन् ।
‘बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्न सडक सबै बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, हिले खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीहरुले सबै गाउँ र बस्तीमा ढिलो चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ’, अध्यक्ष सिंहले भने, ‘पुल निर्माणका लागि गाउँपालिकाको पूरै बजेटले पनि पुल बनाउन सकिँदैन, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउने छौँ, अब असोजसम्म गाउँका सबै सडक बन्द हुन्छ ।’
शुभकालिका–४ का जगत सुनारले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गरे । पहिले–पहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले स्काभेटरले खनेका सडक वर्षाल अवरुद्ध भएर पहिलेको जस्तै हिँड्नुपर्ने उनी बताउँछन् ।
गाउँमा नुन, चामल ल्याउनु परे घोडाखच्चडको प्रयोग गर्नुपर्ने स्थिति आएको सिर्पालीको भनाइ छ । उनले भने, ‘उतिबेला अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटोबाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे, अहिले गाडीका लागि ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, बर्खामा त निकैको काम हुँदो रैछ ।’
स्थानीयवासी वीरबहादुर नेपालीले यो बेला गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पु¥याउनुको विकल्प नभएको बताए । केन्द्र र प्रदेशका सांसद तथा मन्त्रीलाई बारम्बार पुल आवश्यक पर्ने ठाउँ बजेट विनियोजन गर्न आग्रह गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे । घरै अगाडि सडक भए पनि हिउँदमा मात्रै प्रयोग गर्न पाइने उनको भनाइ छ ।
‘दुई साता भयो, खोलामा गाडी तर्न छाडे, वारिका मान्छे वारि, पारिका मान्छे पारि भइयो, यो बेला गाउँमा मान्छे धरै बिरामी हुन्छन्, पानीमा रुज्दै भिज्दै काम गरेर होला अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ’, उनले भने, ‘खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए ।’
Discussion about this post