कालिकोट – प्रदेश सरकारले वजेट नछुटाउदा कालिकोटको एकमात्र सरुवारोग अस्पताल खारेज हुने भएको छ ।
दुई वर्ष अगाढी कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्दबहादुर शाहीले अस्पतालको स्थापना गरी उद्घाटन गरेका थिए । प्रदेशकै पिछ्डिएको कालिकोट जिल्लामा सरुवारोग अस्पतालको आवश्यकता ठानेरनै अस्पतालको उद्घाटन गरिएको भएपनी दुईवर्ष देखी जिल्लामा अस्पताल संचालनमा रहेको थियो ।
दुईवर्ष देखी विभिन्न किसिमका सेवा दिदै आइरहेको अस्पताललाई प्रदेश सरकारले यो वर्षका लागी वजेट बिनियोजन नगर्दा एक जना मेडिकल अधिकृत सहित २१ जना स्वास्थ्यकर्मिहरुको रोजगारी समेत गुम्ने भएको छ ।
दुईवर्ष अगाढी तामझामका साथ उद्घाटन गरिएको एकमात्र सरुवारोग अस्पतालमा बजेट बिहिन गरेर व्यवास्था गरेपछी जिल्लाका राजनितिक दलहरुले पनी बिरोध गरेका छन । आइतवार सर्वदलिय वैठक बसेर सरुवारोग अस्पताललाई तत्काल वजेट बिनियोजन गर्न माग गर्दै सर्वदलिय निर्णय समेत गरेको छ ।
सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई सर्वदलिय वैठकका निर्णय पठाइसकेको स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत बिश्वकर्माले बताए ।
स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटा्े उल्टै घटाउनु दुखत रहेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।संचालनमा रहेको अस्पताललाई बजेट बिनियोजन नगरेपछी जिल्ला अस्पताल र हाम्रो सहजिकरणमा सर्वदलिय बैठक बसालेर वजेट छुटाउन माग गरेको छौँ प्रजिअ माझिले भने ।’
साविकको कर्णाली प्रदेशको प्रवेशद्धार रहेको कालिकोटमा सरुवारोग अस्पतालले सेवादिदै आएको र यहाँका सेवाग्रहीलाई सानो रोग लागेमा सुर्खेत काठमान्डौ रेर्फर गनुपर्ने अवस्थामा कालिकोटमा सरुवा रोग अस्पताल आवश्यक रहेको बताए । स्वास्थ्य र शिक्षामा पहिलो प्रथामिकता राख्नुपर्ने ठाउँमा स्थापनागरी संचालन रहेको एकमात्र सरुवारोग अस्पताललाई व्यवास्था गरी कटौती गरिनु दःुखत रहेका सरोकारवालाको भनाई छ ।
स्वास्थ्य र शिक्षामा पहिलो प्रथामिकता राख्नु पर्ने ठाउँमा स्थापना गरी संचालन रहेको एकमात्र सरुवारोग अस्पताललाई व्यवास्था गरी कटौती गरिनु दुखत रहेको बिश्वकर्माले बताए । वजेट आएन अव २१ जना कर्मचारी पनी रहदैनन् सेवापनी बन्द हुने अवस्था रहेको छ । २१ जनाको दरबन्दि रहेको अस्पतालमा १८ जना स्वास्थ्यकर्मीहरुले सामान्य सेवा दिदै आइरहेका छन । अस्पताल स्थापना गरेर स्वास्थ्यकर्मीको अभावकै बिचमा अहिले प्रदेश सरकारले आवश्वक वजेट नछुटाउदा भएका कर्मचारी पनी फाजिल हुन पुगेका छन ।
अस्पताल सार्ने सडेन्त विरुद्ध हस्तारक्षर अभियान
कालिकोटको एकमात्र सरुवा रोग अस्पताललाई बजेट बिहिन बनाएर अन्तै सार्ने सडेन्त गरेको भन्दै कालिकोटबासीले हस्तारक्षर अभियान सुरु गरेका छन । बुधवार द चे फेर्स नेपाल कालिकोटका अध्यक्ष हिक्मत मल्लको नेतृत्वमा सदरमुकाम मान्ममा बजेट नदिएर अस्पताल अन्तै सार्ने सडेन्त बिरुद्ध हस्तारक्षर अभियान सुरु गरिएको हो ।
अहिले पनि दादुरा,छयरोग,महामारी ज्वरो लगाएतका रोगको उपचार भइरहेको छ । कालिकोट, बाजुरा, अछाम, दैललेख, जुम्लाका विरामीले सेवालिने यो अस्पतालमा प्रदेश सरकारले बजेट नछुटाउदा झन यहाँका विरामीको लागि समस्या थपिएको स्थानीय हिक्मतजंङ मल्लले बताए ।
प्रदेश सरकारको एक करोड रुपैयाँबाट सरुवा रोग अस्पताल निर्माण गरिएको थियो । कोरोनाको पहिलो र दोस्रो लहरका बेला कोरोना अस्पतालका रुपमा सेवा सञ्चालन गरेको थियो ।
कोरोनाका समयमा खरिद गरिएका महंगा स्वास्थ्य उपकरण समेत सो अस्पतालमका प्रयोग बिहिन अवस्थामा छन ।
Discussion about this post