कालिकोट – परियाेजनाले भुमिहिन, कमजाेर आर्थिक अवस्था पिछडिएका समुदायको हितमा काम गर्दै आएकाे परियाेजना संयाेजक दलबहादुर वुढाले जानकारी दिएका थिए ।
अहिले दुइवटा पालिकामा स्वास्थ्य क्षेत्र संगै बिपन्न समुदाय भित्र समूह निर्माण गरेर काम गरिएको बताए ।
अहिले नरहरीनाथ का १ देखि ९ वटै वडा र खाँडाचक्र नगरपालिकाका ११ वटै वडामा काम गरिएको वुढाले बताए ।
जिविकाे पार्जन,खानेपानी र किशोरी समुहमा काम गरिएको छ ।प्रजनन स्वास्थ्य अवस्थामा सुधार संगै बाल बिवाहा न्युनिकरण काे कामहरू गरिएको संयाेजक बुढाले बताए ।
परियाेजनाले डेरि उद्योग देखी कृषि खेति हाेटल सम्बन्धि तालिम समेत दिदै आएकाे छ ।
कार्यक्रम नरहरिनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकामा लागू भइरहेकाे छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीकाे अध्यक्षता, उप प्रमुख मिना रावत,खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही , नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट,प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझि,प्रहरी प्रमुख , पत्रकार महासंघ अध्यक्ष भरत विष्ट लगायत सराेकारवालाहरूकाे उपस्थितिमा वैठक भएकाले थियाे ।
कार्यक्रमकाे संचालन भने महेश संज्यालले गरेका थिए ।
परियारले १३ वटा खानेपानी , सिचाइ कुलाे, भाँडा सुकाउने चाँङ, ५२ वटा स्वालम्बन समूह निर्माण समेत गरेकाे छ ।
वैठकमा खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले आएनएफले खाँडाच्रकमा राम्रो काम गरेकाे प्रसंशा गरेका थिए ।
अहिले पहिलाे आवश्यकता चेतनाकाे हुन जरूर छ । याे परियाेजनाले पनि चेतना स्तर बढाउने काम गरिएको छ । यसमा हेर्दा झट्ट भाैतिक रूपमा काम नदेखिएनि चेतना र ज्ञान दिएकाे बताए । यस्तै प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिले याे परियाेजनाले जनजिविकाका सवालमा राम्रो काम गरेकाे बताए । लगानीकाे प्रतिफल के भईरहेकाे छ यसकाे उपलब्धिकाे तथ्यांक संकलन गर्न सुझाव दिए ।
वैठक समापन गर्दै समन्वय प्रमुख धनजित शाही नरहरीनाथमा उपलब्धि मुलक काम भएकाे बताए ।
Discussion about this post