महावैले ‘एक वडा एक कृषि पकेट क्षेत्र’ बनाउदै

महावैले ‘एक वडा एक कृषि पकेट क्षेत्र’ बनाउदै

निरा कुमारी बोहोरा – जिल्लाको महावै गाउँपालिकाले ‘एक वडा एक कृषि पकेट क्षेत्र’ बनाउने भएको छ ।

आर्थिक वर्ष २०८० ÷८१ को निति तथा कार्यक्रममा गाउँपालिकाले कृषिमा आत्मा निर्भर बनाउन एक वडा एक कृषि पकेट क्षेत्र बनाउने भएको छ । यसको लागी वजेट बिनियोजन गरेको छ ।
विषेश गरी कृषि र शिक्षमा बजेट केन्द्रित गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

अहिले सडक सवै वडामा पुगिसकेको छ । यसलाई थप स्तरउन्नोती गरेर सवै सडक संचालन गर्ने गरी वजेट बिनियोजन गरेका छौँ ।
विषेश गरी देखिने गरी एक वडा एक कृषि पकेट क्षेत्र निर्धाणको लागी वजेट छुटाएका छौँ ।

कुन माटोमा कुन कृषि उत्पादन हुन्छ यसको परिक्षण गरेर कृषि पकेट क्षेत्र बनाउने अध्यक्ष सिंहले बताए ।
महावैले अहिले २७ करोड वजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित