Online News Khabar

बालविवाह तथा घरेलु हिंसा न्युनिकरणका लागि कानूनी सचेतना

855
SHARES
1k
VIEWS

निरा बाेहाेरा – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कालिकोटको आयोजनामा बालविवाह तथा घरेलु हिंसा न्युनिकरण सम्वन्धि कानूनी सचेतना कार्यक्रम शुक्रबार जनजिवन मावि खाँडाचक्र नपा–३ मा सम्पन्न भएको छ ।

गाउँघरमा हल्ला छ २० बर्ष पछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारासहित  आयोजना गरिएको सचेतना कार्यक्रममा बालविवाका कारण,समस्या,घरेलु हिंसा न्यूनिकरणमा जनप्रतिनिधिको भुमिका बारेमा छलफल गरिएको इन्सेक प्रतिनिधि कालीवहादुर मल्लले जानकारी गराउनु भयो । 

कार्यक्रमका सहजकर्ता एवम नेपाल बारएसोसिएसन कालिकोटका अध्यक्ष अमलराज शाहीले घरेलु हिंसा गर्नेलाई कानूनी सजाए,बालविवाह न्यूनिकरण सम्वन्धि ऐन कानूनका विषयमा छलफल गर्नु एको थियो । यस्तै उहाँले घरेलु हिंसा कसुर सजाएँ ऐन,बालवालिका माथि हुर्ने दुव्यवाहार यसको नियन्त्रणका वारेमा वताउनु भएको थियो । 

कार्यक्रममा मानव अधिकार रक्षक जिल्ला सञ्जालका संयोजक डिल्लि प्रसाद चौलागाँईले बालविवाह समाजको मुख्य समस्या रहेकाले यसका वारेमा बालवालिका आफै सचेत भएर सक्रियताकासाथ लाग्नु पर्ने वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित