Online News Khabar

कृर्षी कर्ममा रमाउदै वडा अध्यक्ष महतारा

1.2k
SHARES
1.4k
VIEWS

कालिकोट- जिल्लाको शुभकालिका गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष दिपराज महतारा कृषि तथा बाख्रा पालनमा उत्शाहीत देखिएका छन् । दोश्रो पटक माओबादी पार्टिवाट निर्बाचित भएका वडा अध्यक्ष जडिबुटी खेति, बाख्रा पालन, फलफुल खेति घाँस रोप्ने, नर्सरिको सुरुुवात गरी बिरुवाहरु उत्पादन गर्ने लगायतका काममा अग्रसर भएको पाईएको छ ।

सधैभर आफु वडा भन्दा बाहिर नगयर नागरिकहरुको सेवा गर्दै उत्पादनमा रमाउने गरेको वडा अध्यक्षको भनाई रहेको छ । राजनिति गर्न भाषण गरेर मात्रै नपुग्ने भन्दै अब उत्पादन मुलक कार्यमा लागेर समाजलाई रुपान्तरण गर्नु नै अहिलेको आबश्यकता भएको उनको भनाइ छ ।
आफ्नै ठाँउमा केही परिश्रम गरेर मनग्य आमदानी गर्न सकिने उहाँको भनाइ रहेको छ । २०६६ साल देखि बोयर जातका बाख्रा पालन गर्न लागेको र सतुवा बोजो जस्ता बहुमुल्य जडिबुटी र फलफुल खेती गरेर ब्याबसायिक हुन खोजेको वडा अध्यक्षको भनाइ रहेको छ ।
उहाँले भन्नु भयो ४० देखि १०० के.जि. सम्म तौल भएका बोयर जातका बाख्रा पालन गरेको छु । एक सय ओखरका बिरुवा रोपेको र बिस वटा बिरुवाले फल दिन सुरु गरेको छ । ५० वटा बिरुवा कागतिका रोपेको छु बिश्वकै बहुमुल्य जडिबुटि सतुवाको नरसरी बनाएर बिउ उत्पादन गर्न लागेको अध्यक्षले बताए ।

पालिकाको वडा नं. ८ लाई ओखर पकेट क्षेत्रको रुपमा देश भर चिनाउने उदेश्य भएको वडा अध्यक्षको भनाई रहेको छ । वडाका सम्पुर्ण योजनाहरुमा वडा अध्यक्ष आफै उपस्थित भएर कामदारहरु संगै काम गरेको पाइएको छ ।
वडाको बजेट नै कृषि र शिक्षामा

आर्थिक वर्ष २०७९र०८० मा पालिका तथा बडाको सम्पुर्ण बजेट वाट कृषि र शिक्षामा लगानि गर्ने निति तथा कार्यक्रम ल्यायर सोही अनुसार काम हरु भइरहेका छन् । ‘कृषि स्वास्थ्य स्वरोजगार र पुर्वाधार, गुणस्तरिय शिक्षा समृद्धिको आधार’ भन्ने नाराका साथ कृषिमा ओखर पकेट कार्यक्रन लागु गरिएको छ । सोही अनुसार वडाका प्रत्यक घर परिवारहरुलाइ सामुहिक खेति ब्याक्तिगत स्वामित्वको निति लिएर ओखरका १२ हजार बिरुवा निशुल्क बितरण गरी ओखर खेतिको थालनि गरिएको छ ।
उक्त कार्यक्रम अनुसार ५ हजार कागतिका बिरुवाहरु प्रत्यक घरपरिवारहरुलाई निशुक्क उपलब्ध गरायर कागति खेति गरेको वडा अध्यक्ष महताराले बताउनु भएको छ । शिक्षामा आमुल परिबर्तन गर्न गुण स्तरिय शिक्षा तथा बिद्यालय बिकास, सिकाइ आबरण कक्षा सञ्चालन जस्ता बिभिन्न कार्यक्रहरुको सुरुवात गरेको वडा अध्यक्षको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित