स्थापना दिवसको अवसरमा कैदीबन्दिको स्वास्थ्य परिक्षण

स्थापना दिवसको अवसरमा कैदीबन्दिको स्वास्थ्य परिक्षण

कालिकोट- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागार कालिकोटका कैदिबन्दिहरुको स्वास्थ्य चेकजाँच गरेको छ ।

शनिवार जिल्ला कारागारमा पुगेर संगठनका जिल्ला अध्यक्ष मिनबहादुर वुढाको अध्यक्षता, नेकपा एमाले पार्टी अध्यक्ष जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको विषेश आतिथ्यता, प्रहरी प्रमुख जयश्वर रिमाल, निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य देवानन्द धिताल,हरि पाण्डे, लगायत नेकपा एमालेका जनव्रगिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रम गरी खेलकुदका सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेले जनवग्रिय संगठनको सेवाले पार्टीलाई टेवा पुगेको बताए ।
पार्टी भित्रकै जुनसुकै संगठनले गरेको राम्रो कामको पार्टीले जस लिने भएकाले सवैले समाजसेवी काममा पनी अग्रसर हुन अपिल गरे ।
गैर कानुनि रुपमा अपराधिक ठानिएर जेल भित्र वस्नु परेपनी कैदीबन्दि नेपालका नागरिक हुन ।

उनिहरुले पनी गास बास र कपासको अधिकार छ । उनिहरुलाई सुधारको बाटोमा ल्याउनकै लागी कैद मिनाह पनी गर्दै आइरहेको छ । उनिहरुको पनी हक र अधिकार छ । यस्तो राम्रो कामको लागी संगठनलाई पाण्डेले धन्यवाद दिए ।
यस्तै विषेश अतिथी प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए ।

स्वास्थ्य सेवा कार्यालयका डाक्टर सहितको टोलीले कारागार भित्रका कैदिबन्दिहरुको स्वास्थ्य चेकजाँच गरिएको छ ।
यसैबिच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले संगठनका ५ जना स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको थियो । स्थापना दिवसको अवसरमा ५ जना स्वास्थ्यकर्मिहरुलाई संगठन प्रति पुराएको योगदानको कदर गर्दै सम्मान समेत गरेको थियो ।
कार्यक्रमको संचालन संगठनका सहसचिव शंकरप्रसाद वरालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित