कालीकोट; जिल्लाको नरहरिनाथ गाउपालिका(८ का वडाध्यक्ष लालबहादुर बिष्टकी पत्नि निर्मला कुमारी बिष्टले नक्कली अनुभव पत्र बनाएर जागिर खाएको खुलेको छ ।
नरहरिनाथ गाउपालिकाले २०७९ पुस २९ गते प्रकाशित गरेको फिल्ड सहायक पदमा दरखास्त दिनका लागि बिष्टले नक्कली अनुभव पत्र बनाएको रहष्य बाहिरीएको हो । राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभाग अन्तरर्गत फिल्ड सहायकमा जागिर खानका लागि नक्कली अनुभवपत्र बनाएकी हुन् ।
साविकको गाउँ विकास समितिमा सामाजिक परिचालक भएर काम गरेको अनुभवपत्र नक्कली बनाएकी हुन् । तत्कालीन गाविस सचिव युवक हमालको किर्ते हस्ताक्षर गरि अनुभव पत्र नक्कली बनाएर नियुक्ति बुझेको भेटिएको छ ।
२०७२(४(१० गतेका दिन चलानी नं १२ पत्र संख्या ०७२(०७३ को अनुभवपत्र पेश गरि फिल्ड सहायकमा अहिले काम गरिरहेकी छन् । गाविस सचिवको किर्ते हस्ताक्षर गरेको अनुभवपत्रका आधारमा उनले फिल्ड सहायक पदमा नियुक्ती पाईन् ।
गाउपालिकमले अन्य पदमा लिखित मौखिक परीक्षा लिए पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग अन्तरर्गत फिल्ड सहायक पदका लागि संक्षिप्त सूचि प्रकाशन तथा कम्प्युटर सीप परिक्षण र अन्तरवार्ता लिएको थियो । साविकको लालु गाउँ विकास समितिको नक्कली लेटरहेडमा निर्मला कुमारी बिष्टले नक्कली अनुभव पत्र बनाएर फिल्ड सहायकमा नियुक्ति बुझि काम गरिरहेकी छन् ।
यता तत्कालीन गाविस सचिव युवक हमालले आफुले कसैलाई अनुभव पत्र नदिएको बताए । उनले भने, पहिले पनि एक पटक कुरा उठेको थियो उतिबेला पनि मैले भनेको थिए म गाविस सचिव हुँदा कसैलाई कार्यानुभवपत्र दिएन ।
निर्मला कुमारी बिष्टले पेश गरेको कार्यनुभवपत्रमा आफ्नो किर्ते हस्ताक्षर गरेको हमालले बताए । गाविसको लेटरहेडपनि गलत छ हमालले भने २०७२(०७३ तिर लालु गाविसमा थिए आफुले कसैलाई अनुभवपत्र दिएको पनि छैन कसैले काम गरेको पनि होईनन् ।
गाउपालिकाले किर्ते अनुभवका आधारमा उनलाई फिल्ड सहायकमा नियुक्त गरेको भन्दै चौतर्फि आलोचना भईरहेको छ । गाउपालिकाले नक्कली सक्कली प्रमाणित गर्न नसकिने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरक शाहले बताए । उनले प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालिको पालामा नियुक्त गरिएकाले त्यस बिषयमा आफुलाई जानकारी नभएको जनाए ।
यता वडाध्यक्ष लालबहादुर बिष्टले आफ्नो पत्नि निर्मला बिष्टले जागिर गरिरहेको स्विकार गरे । उनले भने, गाविसको अनुभव पत्र हो जागिर गरिरहेकी छन् । गाविसको अनुभवपत्र किर्ते हो नि भन्दा वडाध्यक्ष बिष्टले अनुभवपत्र मैले बनाएको हो भन्दै जंङ्गिए उनले यो बिषयमा आफुलाई सोध्न नहुने भन्दै फोन काटे । उनले पेश गरेका सबै डकुमेन्ट नक्कली हुन सक्ने आशंका गरिएको छ ।
गाविसको नाम र हस्ताक्षर नै गलत
लालु गाउँ विकास समितिको नाममा बनाउनुपर्ने अनुभव पत्रमा गाविसको नाम गलत लेखिएको छ भने हस्ताक्षर किर्ते गरिएको छ ।
लालु गाउँ विकास समिति लेख्नु पर्ने लेटर हेडमा गलत नाम लेखिएकोे छ भने तत्कालीन गाविस सचिव युवक हमालको किर्ते हस्ताक्षर गरिएको छ ।
नरहरिनाथ गाउपालिका कर्मचारी पदपूर्ति समितिले यति सानो कुरामा ध्यान नदिएर वडाध्यक्षको दवावमा कर्मचारी नियुत्त गरिएको नागरिकले आरोप लगाएका छन् । उनिहरूले यसमा जनप्रतिनिधि लगायत कर्मचारीको समेत मिलेमतो रहेको बताए ।
लेटरहेडमा गाउ विकास समितिको कार्यालय लालु, ठाटिकोट कालिकोट लेखिएको छ भने कार्यानुभव सामाजिक परिचाल लेखिको देखिन्छ । यसरी स्पष्ट किर्ते देखिँदा देखिदै पालिकाले नियुक्त गरि कामकाजमा खटाईसकेको छ ।
Discussion about this post