योजना छनौट गर्दै महावै गाउँपालिका

योजना छनौट गर्दै महावै गाउँपालिका

कालिकोट – महावै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागी गाउँ वस्ती स्तरमा योजना छनौट सुरु गरेको छ ।
पावर र पहुचको आधारमा नभइ वास्तविक आवश्यकताको आधारमा योजना छनौट गर्न महावैले गाउँ वस्ती स्तरमा योजना छनौट गर्न सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिंहले बताए ।

अहिलेनै कुन क्षेत्रमा कुन समस्या छ । कुन ठाउँमा के आवश्यक छ । यसका लागी स्थानियवासीहरु संग सुझाव सहितको योजना छनौट सुरु गरेका छौँ । वस्ती स्तरबाटै आएका योजनाहरु समावेश गर्ने सिंहले बताए ।

बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको वडा नम्बर ३ का वडाध्यक्ष प्रसान्त सिंहले बताए ।
‘स्थानीय आवश्यकताको पहिचान बस्तीकै नागरिकहरुले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो’ उनले भने ।
‘बस्तीका जाँदा स्थानीय आवश्यकता पहिचानमा मद्दत पुग्ने भएकाले बस्तीस्तरमा योजना छनौट गरिएका हुन् ।’ उनले भने्,‘यसरी योजना छनौट गर्दा सबै क्षेत्रको समावेशी सहभागीता हुने भएकाले सबैले आफ्ना आवश्यकताहरु पालिकासँग दर्शाउन सक्ने भएकाले बस्तीस्तरमा नै पुगेर योजना छनौट गरिएका हुन् ।’
‘बस्तीतहबाट आएका मागहरुलाई प्राथमिकीकरण गरी आवश्यकता अनुसार पालिका, प्रदेश र संघीय सरकारमा पठाउने स्थानीय सरकारले पहल गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित