कालिकोट – बालबिवाहको डरलाग्दो अवस्थाबाट शान्नि त्रिवेणी गाउँपालिका समान्य तर्फ जार्दै गरेको छ ।
बालबिवाहको डरलाग्दो अवस्थाका रुपमा परिचित शान्नि त्रिवेणी गाउँपालिका पछिल्लो समय घटेको पाएको हो ।
बालविबाहको भया वह अवस्था बनेको कालिकोटमा विभिन्न संघसंस्था र किशोर तथा किशोरी समुहको सक्र्यितामा बालबिवाह घटेको तथ्याकंले देखाएको छ ।
पलान नेपालको सहयोग र सादा नेपालको सहजिकरणमा बुधवार शान्नि त्रिवेणी गाउँपालिकाको केन्द्रमा आयोजित बालबिवाह न्युनिकरण संवादमा गाउँपालिका र सादाले डरलाग्दो अवस्थाबाट सामान्य अवस्थामा आएको जनाएको छ ।
गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लबहरूको सक्रियता भारी मात्रामा बढेका गाउँपालिका अध्यक्ष महेश केसीले बताए ।
पालिका भित्रका सबै वडाहरूमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ । विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि संघ संस्था र कलव संगै गाउँपालिका पनी सक्रिय रहेको बताए ।
बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उनको भनाइ छ । बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भागेकाहरूले बोलचाल बन्द नै गरेको बाल क्लबका जनम साउदले बताए ।
आर्थिक वर्ष २०७७ मा ६० प्रतिशत बालबिवाह २०७८÷७९ मा ५५ मा झरेको देखिन्छ । यस्तै अहिले घटेर ४८ प्रतिशतमा आएको सादानेपालका कार्यक्रम संयोजक दलसिंह कुमालले बताए । बालविवाह रोक्नका लागि शान्नित्रिवेणी गाउँपालिकामा वडा बाल अधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बाल अधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समिति समेत सक्रिय रहँदै आएको प्रहरीले बताएको छ ।
प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लबको सक्रिय सहभागिता रहँदै आएको छ । ५२ वटा बाल क्लब, ९ वटा बाल अधिकार समिति, १ वटा नागरिक समाज सञ्जाल बालविवाह रोक्ने काममा सक्रिय रहेको बताए ।
संवादमका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष बालकलवका पधाधिकारी नागरिक समाज लगायतको रहेको थियो ।
सम्बन्धित फोटोः
१) बालबिवाह न्युनिकरणमा संवाद
Discussion about this post