Online News Khabar

युनिकोड

एकै विद्यालयका ३० जना विद्यार्थी बेहोस विद्यालय बन्द

1.2k
SHARES
1.4k
VIEWS

कालिकोट – कालिकोटको महावै गाउँपालिका स्थित तिला माध्यामिक बिद्यालयका ३० जना विद्यार्थीहरु एकैपटक बेहोस भएका छन ।
सोमवार दिउसो विद्यालयमा पढिरहेकै अवस्थामा एकैपटक ३० जना बिद्यार्थी बेहोस भएपछी एक हप्ताका लागी पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षिक सिता शाहीले बताएकी छन ।
कक्षा कोठामा पढाउदै थियौँ गर्मिको समय थियो । एक दुई जना विद्यार्थीमा यो समस्या देखिएपछी लगतै एक हुदै अर्काे बेहोस हुदै ढल्दै गरेपछी विद्यार्थीलाई उपचारको लागी ओदा फण्डेसनमा उपचार गरेको बताइन । हामिले यो रोग देखापछी एक हप्ताका लागी विद्यालय बन्द गरेको समेत जानकारी गरिन ।

दश देखी १४ वर्ष उमेर समुहका विद्यार्थी एक दुई जना बाट सुरु भएको ओदा फाण्डेसन नेपालका टैक चौलगाईले बताए । अनका अनुसार विद्यालयको खाजामा पनी केही फुट पैजन देखिएन गर्मिका कारण बेहोस हुने गरेको देखियो । यस्तो रोग एकमा देखिएपछी अर्कोले देख्दापनी असर पर्ने भएकाले सवैमा देखिएको हो । उनिहरुको उपचार गर्दा सवैलाई निको भएर डिस्चार्ज भएको समेत चौलगाईले बताए ।
यस विषयमा स्वास्थ्य सेवा कार्यालय कालिकोट लाई वुझ्दा गर्मिको समएमा देखिने मास हिस्टेरिया भएको जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महतले बताए । यो गर्मि समयमा देखिने रोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित