कालिकोट – तिलानदी पान्तडी पुल बर्षौदेखी अलपत्र अवस्थामा परेको छ । २०७७ सालमा ठेक्का पाएको निर्माण कम्पनीले तिन वर्ष पुरा हुृदापनी पान्तडी पक्की पुलको निर्माण कार्य ठेकेदारको लाप्रवाहीका कारण अलपत्र अवस्थामा परेको हो ।
निर्माण व्यावसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको महादेव खिम्ति जेभी निर्माण कम्पनीले ठेक्का पाएको काम अझै सुरु हुन नसक्दा महावै गाउँपालिका अझैपनी राजमार्गसंग जोडिन सकेको छैन ।
महावै गाउँपालिका सडक संञ्जालले छोएपनी पुल नहुदा कर्णाली राजमार्गसंग जोडिन नसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । गाउँपालिकाका ७ वटै वडाहरुमा सडक पुगाइसकेका छौँ । दैलेख देखी गाडी महावै पुगेपनी राजमार्गदेखी सिधै महावै गाडी पुगाउन सकेका छैनौ ।
यसका लागी निर्माण कम्पनी र सडक विभागलाई पटक पटक ताकेदा दिएको बताए ।
निर्माण कम्पनीका साथै सडक विभाग पुल महाशाखालाई दबाब सिर्जना गरि पुल निर्माण कार्यअघि बढाउनुपर्ने अवस्था रहेको अध्यक्ष सिंहले बताए ।
उनका अनुसार पुल निर्माण प्रक्रियाको लागि नेकपा(एकीकृत समाजवादी)का नेता चित्रसिंह गाउँले सहितको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समेतको ध्यानाकर्षण गराएको छ । उक्त पुल बनेमा कर्णाली राजमार्ग सुर्खेत जुम्ला खण्ड का साथै महावै गाउँपालिका समेतमा यातायात सुबिधा पुग्नेछ ।
उता निर्माण कम्पनीले कोरोना काल र कामदार नपाएको बाहाना वाजी गरिरहेको छ ।
यसवारे नियगमन र निगरानी गर्ने अधिकार पाएको सडक विभाग जुम्लाले अहिलेसम्म कानमा तेल हालेर बसेको छ । बिभाग कार्यालयका प्रमुख दिपेन्द्र शाहीले यसवारे आफु जानकार नभएको बताए । भर्खर कार्यालयमा हाजिर भएको हुनाले आफुलाई जानकारीमा छैन ।
गुनासो सुने र देखे अनुसार यस्ता ढिलासुस्ती र काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दाहेरामा ल्याउने बताए । यसवारे वुझेर जानकारी दिने प्रतिक्रिया दिएका छन ।
Discussion about this post