Online News Khabar

पलाता गाउँपालिका शिक्षा संयोजकले मागे चारलाख घुस

2.1k
SHARES
2.5k
VIEWS

कालीकोट – जिल्लाको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले ५० लाखको योजना ल्याउने भन्दै ४ लाख कमिशन लिएको पाइएको छ ।
पलाता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभुत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले विद्यार्थीको नाममा आएको खाजा रकमबाट ४ लाख लिएको पाइएको छ । गत साउनमा शिक्षा शाखा प्रमुख भण्डारीले विद्यालयका प्रधानाध्यापक कृष्ण विकसंग ५० लाखको विद्यालयमा योजना हाल्ने भन्दै ४ लाख कमिशन मागेको रहस्य बाहिरीएको छ ।
विद्यालयको भवन जिर्ण छ, गाउपालिकाले बजेट दिएन विद्यार्थीको नाममा आएको खाजा रकम र विद्यालयको खाताबाट हामीले शिक्षा शाखा प्रमुखलाई नगद र बैक खातामा करिव ४ लाख रकम जम्मा गर्दिएका र्हौ अहिलेसम्म न त पैसा फिर्ता भयो न त योजना नै आयो प्रधानाध्यापक विकले भने, ‘विद्यार्थीको फिर्ता गर्ने रकम अहिलेसम्म पनि गर्न सकिएको छैन ।’

२०७९ साल साउनमा कलबहादुर भण्डारीले योजना हाल्दिने भन्दै प्रधानाध्यापक कृष्ण विकबाट ४ लाख रुपैया लिएका थिए । उनले १० महिना वितिसक्दा पनि भण्डारीले नत विद्यालयको ४ लाख फिर्ता गरे न त ५० लाखको योजना दिए । अहिले पनि पलाता गाउँपालिका–२ लार्फमा रहेको सिद्धनाथ आधारभुत विद्यालयका बालबालिका जिर्ण भवनमा अध्ययन गरिरहेका छन् ।

नेपाल सरकारले कर्णालीका बालबालिकालाई विद्यालयमा नियमित बनाउनका लागि खाजा बाफत दैनिक २० रुपैया दिदै आएको छ । नेपाल सरकारले बालबालिकाको नाममा विद्यालयमा पठाउने रकममा शिक्षा शाखा प्रमुखले नै विद्यालयलाई प्रलोभन देखाएर रकम लिए । अहिले नत उनले योजना दिए नत विद्यालयको पैसा फिर्ता गरे ।
२०७९ साल भर्दौ ८ गतेका दिन पलाता गाउँपालिकामा रहेको नविल बैकबाट कलबहादुर भण्डारीको नाममा ३ लाख पैतिस हजार र सोही दिन नविलबैकबाटै ६५ हजार गरि विद्यालयका प्रधानाध्यापक कृष्ण कामीले ४ लाख भण्डारीको खातामा जम्मा गर्दिएको भौचर हामी कहाँ आइपुगेको छ ।

तर यता शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले हामीलाई भन्न चाहेनन् उनले आफु विजी भएको पछि फोन गर्ने भन्दै फोन काटे । भण्डारीलाई अघिल्लो सरकारले आर्थिक अनियमितता गरेको भनेर शिक्षा शाखा प्रमुखबाट हटाएको थियो । नयाँ जनप्रतिनिधि आएसंगै उनी फेरी शिक्षा शाखा प्रमुख भएर आधारभुत विद्यालयमा रकम उठाउर्दै आइरहेका छन् । यता अख्तियारको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले निवेदन आए लिने दिने दुवैलाई कार्वाही गर्ने बताए ।
पछिल्लो समय कालीकोट जिल्लामा विद्यालयहरुलाई योजना हाल्दिने भन्दै रकम असुल्नेको विगविगी बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित