Online News Khabar

संविधान अनुसार महिलाकाे प्रतिनिधित्व हुन सकेन – खतिवडा

856
SHARES
1k
VIEWS

कालिकोट – राष्ट्रिय महिला आयाेगकि सदस्य माननीय कृष्नाकुमारी खतिवडाले नेपालकाे संविधान अनुसार राज्यकाे हरेक क्षेत्रमा महिलाको सहभागिता अझै हुन नसकेकाे बताएकि छन ।
आइतबार सदरमुकाम मान्ममा पत्रकार, नागरिक तथा जनप्रतिनिधि हरूसंगकाे भेटघाटमा थपलियाले यस्ताे बताएकि हुन ।

अशिक्षा, अज्ञान्ता, र गरिबिकै कारण महिला हिंसा कर्णाली र सुदुरमा बढिनै रहेकाे बताइन ।

छाउपडि, बाल विवाह जस्ता कु संस्कार जस्ता अन्धविश्वासले गर्दा महिला हिंसा बढेकाे बताइन ।
यस्तै खतिवडाले यसकाे समाधानका लागि आफू कर्णालीमा वुझ्न अाएकाे बताइन ।

नेपालकाे हरेक राजनिती घटनाक्रममा महिलाकाे सहभागिता छ । संविधानमा उल्लेख छ एक सय ६९ स्थानमा अझै पुरूष रहेका छन ।
एक स्थानीय तहमा प्रमुख वा उपप्रमुख अनिवार्य महिला हुनु पर्ने छ । तर, एकसय ६९ स्थानीय तहमा महिला छैनन पुरूष रहेका छन ।

अझै एक सय ९१ वटा न्यायिक समित छन तिनी अझै अधिकार बिहिन छन ।
राज्यले बनाएकाे संविधानमा महिलाकाे ३३ प्रतिशत पनि प्रतिनिधित्व छैन । अझ त जनसंख्याकाे आधारमा महिलाकाे अधिकार छुटाउन पर्ने बताइन ।
महिला अधिकारका सवालमा स्थानिय सरकारले पनि ऐन कानुन बनायर काम गर्ने पनि सुझाव दिइन
भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघ कालिकोटले समन्वय र सहजिकरण गरेकाे थियाे ।
कार्यक्रममा नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह , प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझी,नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट, नेपाल बारका अध्यक्ष अम्मलराज शाही लगायतका सराेकारवाला र पत्रहरूकाे सहभागीता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित