Online News Khabar

दलित सेवा संघको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न

862
SHARES
1k
VIEWS

कालिकोट – दलित सेवा संघ नेपाल कालिकोटको जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । दलित सेवा संघ कालिकोटका अध्यक्ष बसन्त सुनारको अध्यक्षता,केन्द्रिय सदस्य दान बहादुर विश्वकर्माको प्रमुख आथित्यता र दलित अधिकारकर्मी तथा अन्र्तक्रिया कार्यक्रमका प्रशिक्षक बाले विश्वकर्मा र फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपालीको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।
जातमा आधारित भेदभाव उन्मुलनको प्रश्न सम्वन्धि सरोकारवालाहरु एक दिने अन्र्तक्रिया कार्यक्रम भएको हो । दलितका सवाल,अधिकार र हकहितका विषयमा विषेश छलफल समेत भएको छ । फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपाली र कार्यक्रमका प्रशिक्षक बाले विश्वर्माले बाल अधिकार,दलित अधिकार,महिला अधिकार लगाएत समाजमा हुने विभिन्न कुरीती कु संस्कार जस्ता विषय माथि प्रष्ट पादै यस्ता खाले कुसंसकारलाई न्युनिकरण गर्नतिर सवै लाग्नु बताएका छन् । प्लान इन्टरनेशनल नेपालको र दलित महिला संघ(फेडो नेपालको सहयोग तथा दलित सेवा संघ कालिकोटको सहजिकरणमा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन दलित सेवा संघ नेपाल कालिकोटका सचिव रमेश सुनारले गर्नुभएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक यज्ञराज जोशी लगाएत जिल्ला स्थित दलित अधिकारकर्मी,नागरिक समाज तथा अन्य पत्रकारहरुको उपस्थितमा बृहत अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित